राप्रपाको केन्द्रीय समिति बैठक आज पनि बस्दै
मेरोन्यूज
२०८१ माघ १३ गते ७:२२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ। शुक्रबारदेखि काठमाडौँको धुम्बाराहीस्थित एक बैंन्क्वेटमा सुरु भएको बैठक शनिबार नै समापन गर्ने तयारी गरिए पनि समय अभावका कारण आज पनि बस्ने भएको हो ।
हिजो ८० भन्दा धेरै केन्द्रीय सदस्यले बोलेको र अन्यले पनि बोल्न बाँकी रहेकोले आज एक दिन बैठक लम्बिएको छ । बैठक आज समापन गर्ने तयारी छ ।
जारी बैठकमा पछिल्लो समसामयिक राजनीति, पार्टीको आन्तरिक र साङ्गठनिक परिस्थिति, वैशाख मसान्तसम्ममा सबै जिल्ला अधिवेशन गर्ने लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ।अध्यक्ष राजेन्द्र लिङदेनले प्रस्तुत गरेको भावी राजनीतिक दिशासहित साङ्गठनिक अवस्था र जिल्ला अधिवेशनहरू बारेमा नेताहरूले आआफ्नो धारणा राखिरहेका छन् ।
सम्बन्धित















यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध
मातृकाको सांसद पद जोगियो, किशोरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
रवि लामिछानेविरुद्धकाे दायर रिट ‘हेर्दाहेर्दै’मा
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
प्रतिक्रिया