हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको इजरायलको आरोप
मेरोन्यूज
२०८१ माघ १३ गते ९:१२

तेल अभिभ । गाजा पट्टीको उत्तरमा प्यालेस्टिनीहरूको फिर्ती अहिले पनि रोकिएको छ । इजरायलले हमासलाई युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाएको छ । यसपछि, गाजा पट्टीको उत्तरमा रहेका हजारौँ विस्थापित प्यालेस्टिनीहरूलाई आफ्नो घर फर्कनबाट रोक लगाइएको हो ।इजरायलले मुख्य सडक अवरुद्ध गरेको छ ।
हमासले चार इजरायली महिला सैनिकहरूलाई रिहा गरेर बदलामा इजरायलले २०० प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेपछि यो विवाद सुरु भएको हो ।
इजरायली नागरिक अर्बल येहुदलाई रिहा नगरेसम्म गाजाका बासिन्दाहरूलाई उत्तरतिर जान अनुमति नदिने इजरायली सरकारले बताएको छ । हमासले उनी जीवित रहेको र अर्को हप्ता रिहा हुने भनिरहेको छ । सम्झौता अनुसार, हमासले सैनिकहरू भन्दा पहिले सर्वसाधारणलाई रिहा गर्नुपर्थ्यो ।
सम्बन्धित















बेलायतमा ए स्टार नेपाल बास्केटबल लिगको रौनकः दर्शकको आकर्षण बढ्दो
प्रकृतिको पूजा गर्दै उभौली सुरु
50 landless settlers from Balkhu and Bansighat get registered
कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया