ताप्लेजुङ पाथीभरा क्षेत्रमा गोली चल्यो, ४ जना घाइते

झापा- ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा केवलकार बनाउन नदिने समूह र प्रहरीबीच झडप हुँदा ४ जना घाइते भएका छन्।
काफ्लेपाटीभन्दा एक किलोमिटरमाथि रहेको बलुडाँडामा दुई पक्षबीच झडप भएको हो । झडपका क्रममा आन्दोलनकारी घरेलु हतियार लिएर निस्केका थिए भने सशस्त्र प्रहरीले हवाई फायर गरेको थियो। झडपले उग्ररुप लिएपछि प्रहरीले गोली चलाएको थियो।
झडपमा सशस्त्र प्रहरीका तीन जना घाइते भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । आन्दोलनरत पक्षका एक जनालाई प्रहरीको गोली लागेको आन्दोलनकारीले दाबी गरेका छन् ।
आन्दोलनकारीले हतियार लुकाएर राखेको सूचनापछि प्रहरी टोली खोजतलासमा गएको र त्यही बेला आन्दोलनकारीले माथिबाट ढुंगा बर्साएर प्रहरीमाथि आक्रमण गरेको प्रहरीको भनाइ छ । आन्दोलनकारीबाट तीनवटा खुकुरी, गुलेलीलगायत सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
मुक्कुमलुङ संघर्ष समिति, केवलकार खारेजी संघर्ष समिति लगायतले पाथीभरामा बन्ने केवलकारको विरोध गरिरहेका छन् भने पाथीभरा माता केवलकार कम्पनीले निर्माणका लागि जमिन सम्याउने लगायतको काम गरिरहेको छ । मंगलबार जमिन सम्याउन थालेको सूचना प्रवाह भएपछि आन्दोलनकारी पाथीभरा क्षेत्रमा केन्द्रित भएका छन् ।
उनीहरूले तीन सयभन्दा बढी भेला भएको दाबी गरेका छन् ।केवलकार निर्माणको जिम्मा पाएको हिमालयन कन्स्ट्रक्सनका इन्द्र केदेमले १५ महिनाभित्र सक्ने गरी काम सुरु गरेको जनाएपछि निर्माण रोक्न ती समूहरूले दबाव दिँदै आएका छन्।

















‘एक्सट्रिम च्याम्पियन अनर एक्सफाइभसी’ सार्वजनिक
गृहमन्त्री अर्यालसँग संयुक्त राष्ट्रसङ्घ, नेपालका आवासीय संयोजकको भेट
अफगानिस्तानमा पाकिस्तानले गरेको हवाई आक्रमणमा ८० जना भन्दा बढीको मृत्यु
बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार
बाँकेमा ३३ जना उम्मेदवारले खोले बैंक खाता
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त
काठमाडौं – मुग्लिन सडकखण्ड अन्तर्गत फिस्लिङमा माइक्रोबस दुर्घटना, १५ जना घाइते
विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
प्रतिक्रिया