‘एक्सट्रिम च्याम्पियन अनर एक्सफाइभसी’ सार्वजनिक

काठमाडौं । स्मार्टफोन ब्रान्ड अनरले ‘एक्सट्रिम च्याम्पियन अनर एक्सफाइभसी’ सार्वजनिक गरेको छ । सबै नयाँ अनर एक्सफाइभसी नेपालमा सार्वजनिक गरिएको हो ।
उत्कृष्ट क्यामेरा स्पष्टता, भरपर्दो कार्यसम्पादन र प्रिमियम प्रयोग अनुभवलाई किफायती मूल्यमा उपलब्ध गराउने उद्देश्यका साथ यो स्मार्टफोन डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
एक्सफाइभसीले स्टाइल, शक्ति र उपयोगितालाई सन्तुलित रूपमा प्रस्तुत गरेको जनाइएको छ ।
अनर एक्सफाइभसीमा समावेश अल्ट्रा क्लियर ५० एमपी डुअल क्यामेराले स्पष्ट, जीवन्त र उच्च विवरणयुक्त तस्बिर खिच्न सक्षम बनाउने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार, भरपर्दो प्रोसेसर तथा पर्याप्त स्टोरेज क्षमताको साथ यसले सहज मल्टिटास्किङ, द्रुत एप सञ्चालन र समग्र रूपमा स्मुथ प्रदर्शन सुनिश्चित गर्छ ।
साथै, शक्तिशाली ब्याट्रीले लामो समयसम्म निरन्तर प्रयोगको सुविधा प्रदान गर्दै दैनिक आवश्यकता सहज रूपमा पूरा गर्ने कम्पनीको भनाइ छ ।
अनर एक्सफाइभसीको प्रतिमूल्य १५ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ । अनर एक्सफाइभसी प्लस १७ हजार ९९९ रुपैयाँमा उपलब्ध छ ।
उत्कृष्ट कार्यसम्पादन, टिकाउपन तथा आधुनिक डिजाइन खोज्ने प्रयोगकर्ताका निम्ति यी दुवै मोडेल आकर्षक विकल्प हुने कम्पनीले जनाएको छ ।















कीर्तिमानको रोचक यात्राः राेनाल्डाे पछि मेसी बने ९०० गाेलकाे राेचक यात्रा पुरा गर्ने फुटबलर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
चैत्र शुक्ल पक्ष: आज चैते दसैँको घटस्थापना
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया