अखिल क्रान्तिकारीको अहिलेसम्म प्राप्त मतपरिणाम

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । शनिबार मध्यरातिसम्मको गणनामा अध्यक्षका उम्मेदवारद्वय विजयप्रकाश सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
अहिलेसम्म प्राप्त मतपरिणाम यसप्रकार छ-
कोशी प्रदेशमा हेमन्त राईले ११६ मत पाउँदा विजय सापकोटाले ४९ मत पाएका छन् । उपदेश यादवले ३५ र सुदिन पौडेलले १८ मत पाएका छन् ।
मधेश प्रदेशमा उपदेश यादवले सबैभन्दा धेरै ३० मत पाएका छन् । विजय सापकोटा र हेमन्त राईले समान २०/२० मत पाएका छन् ।बागमती प्रदेशमा विजयले ८७ मत पाउँदा उपेदशले ५१ मत पाएका छन् । हेमन्तले ४८ र सुदिनले १७ मत पाएका छन् ।
गण्डकी प्रदेशमा सुदिन पौडेलले ६१ मत पाउँदा विजय सापकोटाले ६० मत पाएका छन् । हेमन्तले ३९ र उपदेशले १५ मत पाएका छन् ।
लुम्बिनी प्रदेशमा सापकोटाले ८५ मत पाउँदा राईले ६६ मत पाएका छन् । अर्का प्रत्यासी सुदन पौडेलले २२ र उपदेश यादवले १० मत पाएका छन् ।
कर्णाली प्रदेशमा हेमन्त राईले ८२ मत पाउँदा विजय सापकोटाले ८० मत पाएका छन् । यसैगरी अर्का प्रत्यासी सुदिन पौडेलले ८ र उपदेश यादवले ५ मत पाएका छन् ।
सुदूरपश्चिममा विजय सापकोटाले ७२, हेमन्त राईले ५९, उपदेश यादवले २२ र सुदिन पौडेलले १६ मत पाएका छन् ।
विशेष प्रदेश र विश्वविद्यालय प्रदेशको मतगणना हुन बाँकी छ ।
















अमेरिका–इरान युद्धविराम विस्तार, राष्ट्रसङ्घद्वारा स्वागत
सञ्चार क्षेत्रको बजेट कार्यान्वयन गर्न प्रदेश सरकारको ध्यानाकर्षण
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
गृहमन्त्रीकाे राजीनामाबारे प्रचण्ड – जे गर्नुभयो, राम्रो गर्नुभयो
Home Minister Gurung announces his resignation
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
प्रतिक्रिया