रसुवामा निःशुल्क स्वास्थ्य शिविर

रसुवा। रसुवाको स्याफ्रुबेँसीमा आयोजना गरिएको एक दिवसीय निःशुल्क स्वास्थ्य शिविरमा एक सय पाँच महिलाको पाठेघर परीक्षण गरिएको छ । लाङटाङ लिरूङ अस्पतालद्वारा आयोजित शिविरमा १२ जनामा पोजेटिभ भेटिएको डा जीवन तामाङले बताए ।
समस्या देखिएका बिरामीलाई आवश्यक परामर्श दिन थालिएको र स्थानीयस्तरमा उपचार हुन नसक्नेलाई जोखिमको अवस्था हेरी बाहिर पठाउन तयार भइरहेको उनले बताए । परीक्षणका लागि स्त्रीरोग विषेशज्ञ डा पुनम लामा खटिएको थियो ।
ग्रामीणवासीलाई लक्षित गरी सञ्चालन गरिएको अस्पतालले हालसम्म एक हजार पाँच सय भन्दाबढीलाई उपचार सेवा प्रदान गरिसकेको डा तामाङले बताए ।
आफूलाई परेको समस्या खुलस्त रूपमा नभन्ने र लाज मानेर अस्पताल नजाने गरेको पाइएकाले महिला चिकित्सकबाटै परामर्श सहितको उपचारसेवा दिने गरिएको अस्पतालले बताएको छ । आफ्नो स्वास्थ्यप्रति सजक रही स्वास्थ्य संस्थामा जान सुझावसमेत दिँदै आइएको छ ।












घरको छतबाट खसेर वृद्धाकाे मृत्यु
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया