सुडानको अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ७० पुग्यो

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले सुडानको एल फसारमा रहेको साउदी शिक्षण मातृ अस्पतालमा हालै भएको आक्रमणको निन्दा गरेका छन् । उक्त आक्रमणमा ७० जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
डब्ल्यूएचओ प्रमुखले स्वास्थ्य सेवामा हुने आक्रमण तत्काल बन्द गर्न आह्वान गरे । गेब्रेयससले सामाजिक सञ्जाल पोस्टमा लेखे,“सुडानको एल फशरमा रहेको साउदी अस्पतालमा भएको भयानक आक्रमणमा १९ जना घाइते र ७० जना बिरामीको मृत्यु भएको छ । आक्रमणको समयमा, अस्पताल बिरामीहरूले खचाखच भरिएको थियो ।”
यसैबीच, साउदी अरेबियाको विदेश मन्त्रालयले अल फाशरमा रहेको साउदी अस्पताललाई निशाना बनाएको घटनालाई अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन भएको भन्दै निन्दा गरेको छ ।
ट्विटरमा पोष्ट गरिएको एक विज्ञप्तिमा मन्त्रालयले भन्यो, “परराष्ट्र मन्त्रालयले साउदी अरेबियाले एल फशरमा रहेको साउदी अस्पताललाई निशाना बनाएको निन्दा गर्दछ, जसले गर्दा धेरै व्यक्तिको मृत्यु भएको छ । यो अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन हो ।”
















आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया