सुडानको अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ७० पुग्यो

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले सुडानको एल फसारमा रहेको साउदी शिक्षण मातृ अस्पतालमा हालै भएको आक्रमणको निन्दा गरेका छन् । उक्त आक्रमणमा ७० जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
डब्ल्यूएचओ प्रमुखले स्वास्थ्य सेवामा हुने आक्रमण तत्काल बन्द गर्न आह्वान गरे । गेब्रेयससले सामाजिक सञ्जाल पोस्टमा लेखे,“सुडानको एल फशरमा रहेको साउदी अस्पतालमा भएको भयानक आक्रमणमा १९ जना घाइते र ७० जना बिरामीको मृत्यु भएको छ । आक्रमणको समयमा, अस्पताल बिरामीहरूले खचाखच भरिएको थियो ।”
यसैबीच, साउदी अरेबियाको विदेश मन्त्रालयले अल फाशरमा रहेको साउदी अस्पताललाई निशाना बनाएको घटनालाई अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन भएको भन्दै निन्दा गरेको छ ।
ट्विटरमा पोष्ट गरिएको एक विज्ञप्तिमा मन्त्रालयले भन्यो, “परराष्ट्र मन्त्रालयले साउदी अरेबियाले एल फशरमा रहेको साउदी अस्पताललाई निशाना बनाएको निन्दा गर्दछ, जसले गर्दा धेरै व्यक्तिको मृत्यु भएको छ । यो अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन हो ।”













आज २०८२ साल पुस १५ गते मंगलबारको राशिफल
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया