ट्रम्पले घर फर्काए एक हजार आप्रवासी : बाँच्ने अधिकार खोसिएको भन्दै प्रदर्शन

काठमाडौं । आइतबार मात्रै अवैध रूपमा संयुक्त राज्य अमेरिकामा रहेको आशङ्कामा झण्डै एक हजार आप्रवासीलाई पक्राउ गरिएको अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) ले आइतबार राति एसोसिएटेड प्रेसलाई बताएको छ ।
त्यसैगरी ट्रम्पले अमेरिकामा जन्मँदा नागरिकता पाउने प्रावधानको अन्त्यका लागि प्रयास जारी राखेको बताएका छन् । उनले अमेरिकी संविधानको १४ औँ संशोधन दास प्रथाको अन्त्यसँगै दासका सन्तानलाई नागरिकता दिन यो नियम ल्याइएको भए पनि अहिले यो आवश्यक नभएको बताएका छन् ।
ट्रम्प आप्रवासी विरुद्ध आक्रामक भए पनि उनको विरुद्धमा प्रदर्शन सुरु भएको छ । टेक्ससको फर्ट वर्थ र यालेमा विद्यालय, चर्च र अन्य सार्वजनिक स्थलमा समेत गिरफ्तार हुन थालेपछि सबैको बाँच्न पाउने अधिकार रहेको भन्दै प्रदर्शन सुरु भएका हुन् ।
ट्रम्पलाई कोलम्बियाले आप्रवासी निर्बाध रूपमा फिर्ता गर्न अनुमति दिएपछि यसलाई आफ्नो जितको रूपमा व्याख्या गरेका छन्।
यसैगरी मेक्सिकोका राष्ट्रपति सियनबाउमले अमेरिकाले फिर्ता पठाएका चार हजार आप्रवासी आफ्नो देशमा पठाएको बताएकी छिन् । ट्रम्प प्रशासनले आप्रवासीलाई कागजात मिलाउने सर्तमा पनि राख्न नदिने बताएका छन् । यसले सबै भन्दा धेरै अफगान र युक्रेनी शरणार्थीमा असर गर्ने देखिएको छ ।
















पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
तीन सय वर्ष पुरानो हनुमान नाच, २१ महिनापछि समापन गरियो
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया