सभापति कप: फाईनलका लागि बागमति र एनआरटी भिडदै

काठमाडौँ । नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज हुँदै छ ।
सर्वाधिक पुरस्कार राशिको नकआउट फुटबल प्रतियोगिता काँग्रेस सभापति कप फुटबलको फाइनल प्रवेशका लागि आयोजकको टिम नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश (बागमती) र न्यु रोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुने छ ।
आयोजक टिमको कप्तान विकेश कुथु छन् भने एनआरटीका कप्तान अञ्जन विष्ट छन् ।
एनआरटी ए डिभिजनको टिम हो भने आयोजकले ए डिभिजन खेलेका विभिन्न क्लबका खेलाडीहरूलाई समेटेर आयोजकको टिम निर्माण गरिएको छ ।
क्वाटर फाइनलमा आयोजक टिम बागमतीले विभागीय क्लब नेपाल पुलिसलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । पुलिससँग १ गोलले पछि परेको अवस्थामा उत्कृष्ट कम ब्याक गर्दै बागमतीले सेमिफाइनलमा स्थान बनाएको थियो ।
उता, एनआरटीले भने फ्रेन्ड्स क्लब कोपुन्डोललाई ३–१ को फराकिलो अन्तरले पराजित गरेको थियो । उक्त खेलमा एनआरटीका अञ्जन विष्टले २ गोल गर्दै शानदार प्रदर्शन गरेका थिए ।
दुवै टिम उत्कृष्ट लयमा रहेकाले आजको सेमिफाइनल भिडन्त रोचक हुने अपेक्षा गरिएको छ । आजको विजेताले बिहीबार सङ्कटा क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।
यसअघि सोमबार भएको पहिलो सेमिफाइनलमा जित निकाल्दै सङ्कटा क्लबले फाइनलमा स्थान बनाएको छ । सङ्कटाले मच्छिन्द्र क्लबमाथि सडनडेथमा ८–७ को नतिजा निकाल्दै फाइनलमा स्थान बनाएको हो ।
सभापति कप फुटबल प्रतियोगिताको उपाधि विजेताले नगदै २६ लाख प्राप्त गर्दा उप विजेताले १३ लाखमा चित्त बुझाउने छ ।
यसैगरी सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उदीयमान खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिता संयोजक मनिष जोशीले जानकारी दिए ।
यसैबिच, सभापति कप फुटबलको ट्रफी बुधवार दशरथ रङ्गशालामा सार्वजनिक गरिने छ । ट्रफी सार्वजनिक गर्नु अघि काठमाडौँमा युवाहरूको मोटरसाइकल र्याली आयोजना गरिएको नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिका संयोजक मोहन बहादुर बस्नेतले जानकारी दिए ।









श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु, कयौं बेपत्ता
टस जितेर काठमाडौँविरुद्ध बलिङमा चितवन
२२ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
कैलालीमा खैरो हेरोइनसहित ४ जना पक्राउ
विद्युत् नियमन आयोगलाई साफिरको सदस्यता लिन स्वीकृति
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया