सैफ आक्रमणमा पक्राउ परेका आकाश भन्छन्- प्रहरीकाे गल्तीले मेरो जीवन बर्बाद भयो

काठमाडौं । जनवरी १६ मा अभिनेता सैफ अली खानमाथि आक्रमण भएपछि प्रहरीले आकाश कनोजियालाई शंकास्पद मान्दै पक्राउ गरेको थियो ।
कनोजियाको गिरफ्तारी लगत्तै शरीफुललाई मुम्बईबाट पक्राउ गरी अपराध स्वीकार गरेपछि आकाश रिहा भएका थिए ।
यसैबीच आकाशको बयान बाहिर आएको छ जसमा उनले गिरफ्तारीले आफ्नो जीवन बर्बाद भएको बताएका छन् । पक्राउपछि आफुले जागिर गुमाएको र विवाह समेत टुटेको उनको गुनासो छ।
हालै पीटीआईलाई दिएको अन्तर्वार्तामा ३१ वर्षीय आकाशले भने, ‘’मिडियाले मेरो तस्बिर देखाउन थालेपछि मेरो परिवार स्तब्ध भयो । म यस मामिलामा संदिग्ध हुँ भनी दाबी गरियो। मुम्बई पुलिसको गल्तीले मेरो जीवन बर्बाद भयो। मेरो जुँगा थियो र सैफको भवनको सीसीटीभीमा देखिएका व्यक्तिको जुँगा थिएन, प्रहरीले यो सम्म थाहा पाउन सकेन।”
उनले थप भने, ‘’मलाई प्रहरीको फोन आयो, उनीहरुले कहाँ छौ भनेर सोधे । म घरमा छु भन्ने बित्तिकै कल काटियो। म मेरी भावी दुलहीलाई भेट्न जाँदै थिएँ, तर मलाई दुर्गबाट पक्राउ गरी रायपुर लगियो। त्यसपछि मुम्बई पुलिस त्यहाँ पुग्यो र मलाई शोषण गर्यो।”
कुराकानीमा आकाशले पक्राउपछि आफ्नो जीवन बर्बाद भएको बताए । उनले भने, ‘मैले मेरो हाकिमलाई फोन गर्दा उनले काममा नआउन भने । उनले मेरो व्याख्या पनि सुनेनन् । मैले विवाहको कुरा गरिरहेको केटीले पनि कुरा अघि बढाउन अस्वीकार गरिन् ।’
अब आफु अभिनेता सैफ अलीको भवन बाहिर उभिएर जागिर माग्ने उनले बताए । आकाशले भने, ‘मैले सैफ अली खानको भवन बाहिर उभिएर जागिर माग्ने निर्णय गरेको छु । उनले गर्दा मैले सबै गुमाएँ।’
कुराकानीका क्रममा आकाशले शरीफुललाई पक्राउ गरेपछि आफु बचेको बताए । नत्र आफुलाई नै प्रहरीले मुख्य अभियुक्तको रुपमा पेश गर्ने उनले भनाइ छ ।










हिमपात र शीतलहरबाट बच्न गृहले थाल्यो पूर्वतयारी, दुई राष्ट्रियकार्य योजनाको मस्यौदा तयार
४२ लाख ठगीको आराेपमा दुई जना पक्राउ
एनपिएल दोस्रो संस्करणबारे अन्तरराष्ट्रिय स्तरमा चर्चा
भक्तपुरमा थपिए १३ हजार ५७६ मतदाता
भारतका सुक्खा प्रभावित गाउँमा बालिकाहरूको शिक्षा गम्भीर संकटमा
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
प्रतिक्रिया