शिलान्यासको १७ वर्षपछि सडक कालोपत्र

गोदावरी (कैलाली) । कैलालीको चौमाला–खैराला सडक शिलान्यास भएको १७ वर्षपछि कालोपत्रको काम सुरु भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार निर्माण कम्पनीले सडकको नालीसहितका पूर्वाधारको काम सकेर नौ सय मिटरमा कालोपत्र गर्ने काम सुरु गरेको हो ।
सो सडकको नौ सय मिटर सडक कालोपत्र गर्नका लागि गत आर्थिक वर्ष २०८०/८१ को वैशाखमा रु एक करोड ९५ लाखमा ठेक्का सम्झौता भएको थियो । सडक डिभिजन कार्यालयका इन्जिनियर चित्र चौलागाईंका अनुसार उक्त सडकमा नालीसहितका पूर्वाधारको काम सकेर कालोपत्र गर्ने काम अघि बढेको छ ।
उनले फागुन मसान्तभित्र सडक कालोपत्र सम्पन्न हुने गरी निर्माण कम्पनीले काम गरिरहेको छ । चौमाला बजार क्षेत्रदेखि उत्तरी भेगको नौ सय मिटर कालोपत्रको काम शिलान्यास भएको १७ वर्षपछि सुरु भएको बताए ।
चालु आर्थिक वर्षमा सडक डिभिजन कार्यालयले उक्त सडकको चुरे फेदीसम्म थप पाँच किलोमिटर कालोपत्र गर्नका लागि १० करोड बजेट सङ्घीय सरकारसँग माग गरेको छ । चुरे क्षेत्रको सडक कालोपत्र तथा स्तरवृद्धिका लागि थप बजेट माग गरेको इन्जिनियर चौलागाईंको भनाइ छ ।
सङ्घीय सरकारले सडक डिभिजन कार्यालयले गरेको मागअनुसार १० करोड बजेटको सुनिश्चितता प्रदान गरेमा थप पाँच किलोमिटर सडकको स्तरवृद्धि गरिने उनले जानकारी दिए । चौमाला बजारदेखि खैराला जोड्ने उक्त सडकको २०६४ चैत २८ गते शिलान्यास गरिएको थियो । चौमाला–खैराला सडकको शिलान्यास गरेको १७ वर्षपछि सडकको स्तरवृद्धि गरिन थालेपछि सडक निर्माणले पूर्णता पाउने आशा पलाएको चुरे गाउँपालिका–४ का स्थानीय प्रेम गुरुङको भनाइ छ ।
चौमाला–खैराला सडकको स्तरवृद्धि नहुँदा हरेक वर्षायाममा यातायात सञ्चालनमा समेत समस्या हुँदै आएको उनले बताए । चौमाला–खैराला सडकको चुरे क्षेत्रमा स्तरवृद्धि भएमा आवागमनमा सहजतासँगै त्यहाँ उत्पादित कृषिजन्य वस्तुले बजार पाउने उनको भनाइ छ । चौमालादेखि ऐतिहासिक गर्भा दरबारसम्मको सडकको लम्बाइ २४ किलोमिटर रहेको छ । कैलालीको चुरे–४ खैराला सुन्तला, बेसार, अदुवा, अमिलो, कागतीको पकेट क्षेत्रका रुपमा चिनिँदै आएको छ ।













प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
दिगो शान्ति बिना समृद्धि सम्भव छैन : उपसभापति अर्याल
समानुपातिक सूचीकाे आलाेचनापछि रविले भने – दुई दिनभित्र सच्याउँछाैं
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
प्रतिक्रिया