आइतबार, वैशाख ७, २०८२

अनलाइन जुवा खेलाएको अभियोगमा २ जना पक्राउ

मेरोन्यूज २०८१ माघ १५ गते १३:५०

रामेछाप । अनलाइन जुवा खेलाएको अभियोगमा दुई जना पक्राउ परेका छन्

रामेछाप खाँडादेवी गाँउपालिका–९ का ४८ वर्षीय राजप्रकाश श्रेष्ठ र नुवाकोट विदुर नगरपालिका–१३ का २३ वर्षीय हरिचन्द्र भुजेल पक्राउ परेका हुन् ।

समाचारकक्षका अनुसार उनीहरूले हालसम्म रु दुई करोड ४१ हजार ६ सय ३६ बराबरको कारोबार गरेका प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । साथै प्रहरीले उनीहरूबाट नगद रु ९० हजार, चार थान मोबाइल सेट, सिपियु एक थान कम्प्यूटर,५९ वटा सिमकार्ड, विभिन्न ब्याङका २७ थान एटिएम कार्ड र सात थान चेकबुक बरामद गरेको छ । उनीहरूलाई पनि जिल्ला प्रहरी परिसर काठमाडौँ चलान गरिएको छ ।

प्रतिक्रिया