नेपालमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली आवश्यक छैन : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको प्रणाली नेपाजस्तो देशका लागि आवश्यक नभएको बताएका छन् ।
मंगलबार काठमाडौँमा समाजवादी मोर्चाले गरेको विचार सभालाई सम्बोधन गर्दै उनले प्रत्यक्ष निर्वाचित प्रणालीमा जानुअघि धेरै बहसको आवश्यकता रहेको स्पष्ट पारे ।
‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली भयो भने के होला हालत ? अमेरिकामा अहिले भागाभाग छ । बोल्यो कि पोल्यो हुन्छ । नेपाल जस्तो देशमा प्रत्यक्ष निर्वाचित प्रणालीमा जान धेरै बहस गर्नुपर्छ’, उनले भने ।
उनले यो प्रणाली लागू हुँदा नेपालीहरू अमेरिकाबाट भागाभाग हुने पनि जिकिर गरे । ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा गयो भने अहिले नेपालीहरू अमेरिकाबाट भागाभाग हुन्छ । केही चाहिँदैन । कुनै पनि ठाउँ चाहिँदैन,’ अध्यक्ष नेपालले भने, ‘विभिन्न देशको राष्ट्रपति प्रणालीका समस्याहरू थाहा पाउनुभएको छैन भने एउटा गोष्ठि राख्नुस् । म सबै विवरण नै दिन्छु । म आफैं त्यहाँ गएर सुनेको पनि छु, बुझेको पनि छु ।’
















२६ घरविहीन परिवारले पाए नयाँ घर
दीपक भट्ट र सुलभ अग्रवाललाई ७ दिन म्याद थप
नेपाल ‘ए’ ओमानसँग पराजित
नागर्जुन र ज्ञानसंस्कारलाई उपाधि
अमेरिका–इरान युद्धविराम विस्तार, राष्ट्रसङ्घद्वारा स्वागत
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
प्रतिक्रिया