बिहीबार, जेठ १, २०८२

बाढी पहिरो प्रभावितका लागि इनड्राइभद्वारा घर निर्माण

मेरोन्यूज २०८१ माघ १५ गते १६:०७

काठमाडौँ । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले नेपालका बाढी र पहिरोबाट पीडितहरूलाई अति आवश्यक राहत उपलब्ध गराउन राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रसँग सहकार्य गरेको छ ।

इनड्राइभले बाढी पहिरो प्रभावित परिवारहरूका लागि ५ वटा आवास (घर) निर्माण गर्न एवम् अन्य आवश्यक सामग्रीहरू वितरण गर्न रु.३३,५५,५०० ( २५,००० अमेरिकन डलर ) सहयोग गरेको हो ।

पीडितहरूको आवश्यकता पुरा होस् भनेर इनड्राइभले स्थानीय समुदायसँग मिलेर उक्त आवासहरू निर्माण गरिरहेको हो । नमोबुद्ध नगरपालिकाको वार्ड नं. १० स्थित दाप्चामा २ वटा, लास्कोट गाउँमा एउटा र पनौती नगरपालिकास्थित रोशी गाउँको वार्ड नं.१२ मा २ वटा र गरी ५ वटा आवासहरू निर्माण भइरहेका छन् ।

यी आवासहरू जाडो गर्मी बाह्रैमास बस्न उपयुक्त हुने तवरले निर्माण गरिएका छन् । बाँस र माटोको प्रयोग गरेर बनाइएको हुनाले यी घरहरू टिकाउ र दिगो रहेका छन् ।

हरेक घरमा २ वटा बेड रुम, अगाडि पट्टी बार्दली र शौचालय र किचन, डाइनिङ र लिभिङको लागि एउटा कोठा रहेको छ । चिसोमा न्यानो र गर्मीमा शीतल हुने किसिमले व्यवस्था गरिएको छ ।

यी घरहरूमा जाडोमा तापक्रम ११ डिग्री सेल्सियस भन्दा तल नजाने र गर्मीमा ३० डिग्री भन्दा माथि नजाने जानकारी दिइएको छ ।

घर निर्माणको साथसाथै इनड्राइभले नमोबुद्ध नगरपालिकाको वार्ड नं.१० का पीडित परिवारहरूलाई कम्बलहरू पनि प्रदान गरेको छ ।

इनड्राइभका एसिया प्यासिफिक कम्युनिकेसन लिड पवित नन्दा आनन्दले भने, “हामी समुदायका मानिसहरुलाई सहयोग गर्ने र आवश्यकता अनुसार दीगो समाधान प्रदान गर्ने कुरामा विश्वास गर्छौँ । हामी सन्चालन हुने ठाउँहरुमा सकरात्मक् प्रभाव पार्नुपर्छ भन्ने हामी विश्वास राख्छौँ ।”

इनड्राइभका एसिया प्यासिफिक रिजनल डाइरेक्टर मार्क टलीले भने, “सामाजिक अन्यायलाई चुनौती दिने मिसनमा लागि परेको इनड्राइभ सन २०३०को अन्त्यसम्म एक अर्ब मानिसको जीवनमा सकारात्मक प्रभाव पार्न प्रतिबद्ध छ । दीगो समाधान र अर्थपूर्ण कामहरु मार्फत सामुदायिक हितको लागि हामीले राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रससँग सहकार्य गरेका छौँ ।”

प्रतिक्रिया