महाकुम्भमा भागदाैड हुँदा दर्जनबढी भक्तजनको मृत्यु

काठमाडौं । भारत, उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलाको संगम तटमा भागदौड मच्चिएपछि दर्जनभन्दा धेरैको ज्यान गएको छ। स्थानीय समय अनुसार बुधबार बिहान करिब २ बजे भएको यस घटनामा कम्तिमा १४ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।
तर प्रशासनले मृतक वा घाइतेको संख्याबारे औपचारिकरुपमा जानकारी दिएको छैन। भागदौडपछि प्रशासनको आग्रहमा १३ वटै अखाडाले आज मौनी अमावस्याको अमृत स्नान रद्द गरेका छन्। अखाडा परिषद्का अध्यक्ष रवीन्द्र पुरीले भने, “संगम नाकामा अत्याधिक भीडभाडका कारण यस्तो निर्णय गरिएको हो।”
घटनालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्री योगी आदित्यनाथसँग फोनमा कुरा गरेका छन्। संगममा केही महिलाहरू भुइँमा लडे, मानिसहरूले उनीहरूलाई कुल्चिएको, एम्बुलेन्समा राखेर उद्धार गर्दै गरेका तस्बिर र भिडियो सार्वजनिक भएका छन् ।











राष्ट्रिय वाणिज्य बैंक सम्मानित
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
जेनजी आन्दोलनका क्रममा फरार तीन कैदी सुन्धाराबाट पक्राउ
प्रधानमन्त्री कार्कीसँग संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
प्रतिक्रिया