इजरायल–हमास द्वन्द्व हटे पछि ३ लाख बिस्थापित गाजामा फर्के

गाजा। इजरायल–हमास द्वन्द्वको १५ महिनापछि रफाह सीमा र दक्षिण गाजा क्षेत्रबाट ३ लाखभन्दा बढी प्यालेस्टाइनी नागरिक उत्तर गाजा फर्किएका छन् ।
गत जनवरी १९ मा युद्धविराम गरे पछि सोमबार अर्थात २७ जनवरी इजरायलले प्यालेस्टिनी नागरिकलाई उत्तरी गाजा फर्कन अनुमति दिए पछि ३ लाख बढी गाजामा फर्किएका हुन् ।
युद्ध सुरु भएपछि १० लाखभन्दा बढी मानिस दक्षिणतिर भागेर गएका थिए । साथै, १५ महिने लामो युद्दमा गाजामा इजरायली हमलाका कारण ४७ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने १ लाख १० हजारभन्दा बढी घाइते भएका छन् ।
युद्धविराम सम्झौता अन्तर्गत इजरायलले जनवरी २५ देखि प्यालेस्टाइनीहरूलाई उत्तरी गाजामा फर्कन अनुमति दिने निर्णय गरेको थियो। तर, इजरायल र हमासबीचको विवादका कारण २ दिन सो सम्झौता कार्यान्वयन हुन ढिलाइ भएको थियो ।
उता, हमासले गाजाका विस्थापित प्यालेस्टाइनीको फिर्तालाई आफ्नो विजयको रूपमा वर्णन गरेको छ। हमासले गाजा कब्जा गर्ने इजरायली योजना असफल भएको बताएको छ । उनीहरूले भनेका छन, ‘मानिसहरू आफ्नो घर फर्कनु इजरायलको पराजयको संकेत हो।’ इजरायलले सोमबार बिहान ९ बजे नेटजेरिम करिडोर खोलेको थियो ।
बीबीसीका अनुसार नेत्जेरिम करिडोर खुलेको २ घण्टाभित्र नै २ लाख विस्थापित प्यालेस्टाइनी पैदलै गाजा सीमामा प्रवेश गर्न सफल भएका थिए भने त्यसको २ घण्टापछि नाका सवारी साधनका लागि खुला गरिएको हो । अहिले पनि गाजामा बिस्थापितहरू फर्कने क्रम जारी रहेको छ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया