मंगलबार, वैशाख ८, २०८३

कांग्रेस-एमालेको गठबन्धन कुहिएर झर्छ : वर्षमान पुन

मेरोन्यूज २०८१ माघ १६ गते १८:०१

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट नभएको बताएका छन् ।

Advertisement
NiccNicc

नेकपा माओवादी केन्द्र रिप्टिकोट गाउँ समितिको तेस्रो अधिवेशन उद्घाटन गर्दै नेता पुनले ओलीले कम्युनिष्ट सरकार छोडेर गैर कम्युनिष्टको सरकार बनाउनु ठूलो गल्ती भएको बताएका छन् । कांग्रेस र एमालेको गठबन्धन गलत बाटोमा हिँडेकोले यो कुहिएर झर्ने उपमहासचिव पुनले बताए ।

ओलीले स्वर्ग र नर्कको कुरा गरेर छक्काएर कांग्रेससँग गएको उनले आरोप लगाए। नेकपा माओवादी केन्द्र २०८४ सम्म सरकारमा नजाने नेता पुनको भनाइ छ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल किशोर घिमिरे नेकपा माओवादी केन्द्रका निर्वाचन आयोगका केन्द्रीय सदस्य चक्रव्यु थापा रिद्धिकोट गाउँपालिका गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्की माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले जनपक्षी काम गरेकोले अहिले जनलहर देखिएको बताएका छन्।

अन्य पार्टीबाट त्याग गरी माओवादी पार्टीमा प्रवेश गर्नेलाई प्रमुख अतिथि पुनले माला लगाएर स्वागत गरेका थिए।

कार्यक्रममा स्वागत मन्तव्य माओवादी रिद्धिकोट गाउँ समिति इन्चार्ज नेपबहादुर ओली नवीनको स्वागत मन्तव्य नेकपा माओवादी केन्द्रका रिद्धिकोट गाउँ समितिका अध्यक्ष हरिबहादुर कुँवरको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

नेकपा माओवादी रिब्दिकोट गाउँपालिकाका सचिव नारायण लाम्टांगेको सञ्चालन सम्पन्न भएको थियो।

प्रतिक्रिया