रास्वपाले संसदमा अध्यादेश अस्वीकारको प्रस्ताव दर्ता गर्ने
मेरोन्यूज
२०८१ माघ १६ गते १८:२२

काठमाडौँ । संसद्को विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले ल्याएको अध्यादेशको अस्वीकारको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ।
केन्द्रीय कार्यालयमा आज उपनेता विराजभक्त श्रेष्ठको समन्वयमा बसेको संसदीय दलको बैठकले सरकारले संसद् छलेर ल्याएकाले अध्यादेश अस्वीकारको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकमा रास्वपाका संसदीय दलको नेता तथा पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेर प्रतिनिधिसभा नियमावलीविपरित निलम्बन गरेको विषयमा पनि बिरोध जनाउने निर्णय भएको बुझिएको छ ।
सम्बन्धित
प्रतिक्रिया