खेतबारीमा सिँचाइ गर्न सोलार वाटर लिफ्टिङ आयोजना

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारस्थित दाल्फुका ३२ घरका स्थानीयको खेतबारी सिञ्चित गर्न सोलार वाटर लिफ्टिङ आयोजनाको काम सुरु गरिएको छ । स्थानीय फिर्कुखोलाको पानी साविकको च्यास्मीटार–४ दाल्फुमा निकालेर खेतबारी सिञ्चित गर्ने गरी ‘च्यास्मीटार सोलार वाटर लिफ्टिङ आयोजना’ को काम अघि बढाइएको हो।
सुक्खाग्रस्त क्षेत्रमा पर्ने दाल्फुमा सिँचाइको व्यवस्थापन गर्दै स्थानीयको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले फिर्कुखोलाको पानी गाउँमा निकाल्न सोलार वाटर लिफ्टिङ आयोजना सञ्चालन गरिएको हलेसी तुवाचुङका नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए । युएनडिपी-जिइएफअन्तर्गतको जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजनामार्फत प्राप्त भएको रु एक करोड ६९ लाख १३ हजार चार सय १५ बजेटमा सोलार वाटर लिफ्टिङ आयोजनाको काम सुरु गरिएको हो ।
सम्झौता गरेको मितिले तीन महिनाभित्र सम्पन्न गर्ने गरी सुरुआत गरिएको सोलार वाटर लिफ्टिङ आयोजनाको शिलान्यास यही माघ १४ गते नगर प्रमुख विमला राईले गरेकी थिइन् । विसं २०८१ फागुन १६ गतेसम्ममा निर्माणको काम सम्पन्न गरेर पानी सञ्चालन गर्ने गरी ठेकेदार कम्पनी सूर्योदय ऊर्जा प्रालिले विसं २०८१ मंसिर ४ गते आयोजनाको ठेक्का सम्झौता गरेको थियो ।
सोलार वाटर लिफ्टिङ आयोजना सम्पन्न भएर सञ्चालनमा आएपछि दाल्फुका स्थानीयको खेत तथा बारी गरी करिब पाँच सय रोपनी सिञ्चित हुने जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजना अधिकृत सिभिल इञ्जिनियर अष्टराम छुकांले जानकारी दिए । गाउँभन्दा करिब एक हजार दुई सय मिटर तल रहेको फिर्कुखोलाको पानी लिफ्ट गर्नका लागि खोलादेखि गाउँको बीचमा तीन भिन्नाभिन्नै रिजर्भ (सङ्कलन गर्न मिल्ने) ट्याङ्की निर्माण गर्ने डिजाइन गरिएको छ ।
खोलाबाट पहिलो र दोस्रो ट्याङ्कीसम्म सोलारबाट पानी लिफ्ट गरेर निकालिने प्राविधिक अनुमानमा उल्लेख छ । दोस्रो ट्याङ्कीबाट तेस्रो ट्याङ्कीमा लिफ्ट गरेर पानी निकाल्नका लागि भने राष्ट्रिय प्रसारण लाइनको विद्युत् उपयोग गरिने आयोजना अधिकृत छुकांले जानकारी दिए । दोस्रो ट्याङ्कीबाट तेस्रो ट्याङ्कीमा पानी निकाल्न आवश्यक विद्युत्को व्यवस्थापन भने नगरपालिकाले गर्ने सहमति भएको छ ।
सिँचाइका लागि लिफ्ट गरेर निकालिने पानी खानका लागिसमेत उपयुक्त हुने जनाइएको छ । सिँचाइ अभावमा मकै तथा कोदोखेती मात्रै गर्दै आएका दाल्फुवासी आयोजनाका कारण बाह्रै महिना आफ्नो खेतबारी सिञ्चित हुने भएपछि हर्षित भएका छन् । खोला तथा कुवाबाट बोकेर ल्याएको पानी उपभोग गर्दै आएका दाल्फुवासीमा लामो समयअघिदेखि खानेपानीको समेत समस्या रहेको छ ।
जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने च्यास्मिटारका साथै नगरपालिकाभित्र सबै वडामा खानेपानीको समस्या रहेको छ । करिब २० हजार उपभोक्ता रहेको उक्त नगरपालिकाका अधिकांश ठाउँमा अहिले पनि बर्सातको पानी जम्मा गरेर र दूधकोशी नदीबाट गाडीमा बोकेर ल्याएको पानी उपभोग गर्ने गरिएको छ । त्रिधार्मिकस्थल हलेसी समेत रहेको उक्त नगरपालिकामा दूधकोशी नदीको पानी लिफ्टिङ गरेर स्थानीयको घरघरमा वितरण गर्ने गरी सुरुआत गरिएको ‘बृहत् हलेसी लिफ्टिङ खानेपानी आयोजना’ अहिले अलपत्र अवस्थामा छ । लिफ्टिङ खानेपानी आयोजना निर्माणका लागि सङ्घीय खानेपानी मन्त्रालयको रु ९६ करोड ४५ लाख लगानी रहे पनि ठेकेदार कम्पनीको लापर्वाहीका कारण अन्तिम चरणमा आएर अलपत्र परेको हो ।















More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta
कालीमाटीमा मटरकोसा भाउ किलोको ५०,गोलभेँडाकाे ४५, अरु तरकारीको कति?
बाजुराको उच्च भेगमा वर्षातसंगै हिमपात हुँदा किसान खुसी
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
प्रतिक्रिया