महाकुम्भमा मृत्यु हुनेको संख्या ३० पुग्यो, ६० जना घाइते

उत्तर प्रदेश । उत्तर प्रदेशको प्रयागराजमा चलिरहेको कुम्भ मेलाको क्रममा बुधबार राति करिब १.३० बजे एक घाटमा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ३० पुगेको छ । यस दुर्घटनामा दर्जनौँ घाइते समेत भएका छन् ।
प्रशासनले बुधबार बेलुकासम्म मृत्यु हुनेको संख्याबारे कुनै जानकारी दिएको थिएन । महाकुम्भ नगर मेला क्षेत्रका डीआईजी वैभव कृष्णले साँझ सञ्चारकर्मीलाई सम्बोधन गर्दै भने, ‘महाकुम्भमा भएको भागदौडमा ३० जनाको मृत्यु भएको छ, जसमध्ये २५ जनाको सनाखत भइसकेको छ। ६० घाइतेको अस्पतालमा उपचार भइरहेको छ।’
घटनाको कारण बताउँदै उनले भने, ‘अखडा क्षेत्रमा ब्यारिकेडहरू जडान गरिएका थिए, तीमध्ये कतिपय ब्यारिकेडहरू भत्केका छन्। ब्रह्म मुहूर्तको पर्खाइमा घाटमा धेरै भक्तजनहरू सुतेर बसेका थिए । जब त्यहाँ अन्य श्रद्धालु पुगे, उनीहरूले तल को सुतिरहेका छन् भनेर देख्न सकेनन्। यसरी यो दुर्घटना भयो।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समा लेखेका छन्, ‘प्रयागराज महाकुम्भमा भएको दुर्घटना अत्यन्तै दुखद छ । यसबाट आफ्ना परिवारका सदस्यहरू गुमाउनुहुने भक्तजनहरूप्रति मेरो गहिरो समवेदना। साथै घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । स्थानीय प्रशासन पीडितलाई सक्दो सहयोग गर्न लागिरहेको छ । मैले यस सम्बन्धमा मुख्यमन्त्री योगीजीसँग कुरा गरेको छु र म राज्य सरकारसँग निरन्तर सम्पर्कमा छु।’
मौनी अमावस्याका दिन अमृतस्नानका अवसरमा प्रयागराजमा ८ देखि १० करोड भक्तजन पुग्ने प्रशासनको अनुमान थियो ।











समानुपातिक बन्द सूची तयार पार्दै दलहरु
अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
यस्तो छ आजको विदशी मुद्राको विनिमयदर
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया