महाकुम्भमा मृत्यु हुनेको संख्या ३० पुग्यो, ६० जना घाइते

उत्तर प्रदेश । उत्तर प्रदेशको प्रयागराजमा चलिरहेको कुम्भ मेलाको क्रममा बुधबार राति करिब १.३० बजे एक घाटमा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ३० पुगेको छ । यस दुर्घटनामा दर्जनौँ घाइते समेत भएका छन् ।
प्रशासनले बुधबार बेलुकासम्म मृत्यु हुनेको संख्याबारे कुनै जानकारी दिएको थिएन । महाकुम्भ नगर मेला क्षेत्रका डीआईजी वैभव कृष्णले साँझ सञ्चारकर्मीलाई सम्बोधन गर्दै भने, ‘महाकुम्भमा भएको भागदौडमा ३० जनाको मृत्यु भएको छ, जसमध्ये २५ जनाको सनाखत भइसकेको छ। ६० घाइतेको अस्पतालमा उपचार भइरहेको छ।’
घटनाको कारण बताउँदै उनले भने, ‘अखडा क्षेत्रमा ब्यारिकेडहरू जडान गरिएका थिए, तीमध्ये कतिपय ब्यारिकेडहरू भत्केका छन्। ब्रह्म मुहूर्तको पर्खाइमा घाटमा धेरै भक्तजनहरू सुतेर बसेका थिए । जब त्यहाँ अन्य श्रद्धालु पुगे, उनीहरूले तल को सुतिरहेका छन् भनेर देख्न सकेनन्। यसरी यो दुर्घटना भयो।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समा लेखेका छन्, ‘प्रयागराज महाकुम्भमा भएको दुर्घटना अत्यन्तै दुखद छ । यसबाट आफ्ना परिवारका सदस्यहरू गुमाउनुहुने भक्तजनहरूप्रति मेरो गहिरो समवेदना। साथै घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । स्थानीय प्रशासन पीडितलाई सक्दो सहयोग गर्न लागिरहेको छ । मैले यस सम्बन्धमा मुख्यमन्त्री योगीजीसँग कुरा गरेको छु र म राज्य सरकारसँग निरन्तर सम्पर्कमा छु।’
मौनी अमावस्याका दिन अमृतस्नानका अवसरमा प्रयागराजमा ८ देखि १० करोड भक्तजन पुग्ने प्रशासनको अनुमान थियो ।















चीनद्वारा नयाँ उपग्रह ‘याओगान–५०–०२’ प्रक्षेपण
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
किशोरी साहको मुद्दा हेर्न नमिल्नेमा, अर्को पेशी आइतबार
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
प्रतिक्रिया