बिहीबार, वैशाख १७, २०८३

इजरायली प्रधानमन्त्रीद्वारा बन्धक रिहाइका ‘चकित पार्ने दृश्य’ को आलोचना

मेरोन्यूज २०८१ माघ १७ गते २१:२४

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बिहीबार दुई इजरायलीसहित सात बन्धकको हस्तान्तरणका क्रममा देखिएका ‘चकित पार्ने दृश्यहरू’ भनेर वर्णन गरेको घटनाको आलोचना गरेका छन् ।

Advertisement
NiccNicc

“म बन्धकहरूको रिहाइका क्रममा देखिएका चकित पार्ने दृश्यहरूलाई अत्यन्त गम्भीरतापूर्वक हेर्छु । यो हमास आतङ्कवादी सङ्गठनको अकल्पनीय क्रूरताको अर्को प्रमाण हो”, टेलिभिजनका दृश्यहरूमा बन्धक हस्तान्तरण हेर्न जम्मा भएका सयौँ गजावासीलाई नियन्त्रण गर्न बन्दुकधारीहरू सङ्घर्षरत देखिएपछि नेतन्याहुले एक वक्तव्यमा भने, “म मध्यस्थकर्ताहरूलाई यस्तो भयानक दृश्यहरू पुनरावृत्ति नहुने सुनिश्चित गर्न र हाम्रा बन्धकहरूको सुरक्षाको ग्यारेन्टी गर्न माग गर्दछु, जसले हाम्रा बन्धकहरूलाई हानी गर्ने हिम्मत गर्छ उसले मूल्य चुकाउनु पर्नेछ ।”

सात बन्धकको हस्तान्तरणका लागि ल्याइँदा सयौँ मानिस यो घटना हेर्न भेला भएकाले गाजाको दक्षिणी शहर खान युनुसमा अराजकता फैलिएको थियो ।

यो हस्तान्तरण मारिएका हमासका नेता याह्या सिनवारको अहिले ध्वस्त भएको बाल्यकालको घर नजिकै भएको थियो ।

एएफपी संवाददाताका अनुसार बन्धकहरूलाई लिन आएका रेडक्रसका गाडीहरूलाई तस्विर खिच्न खोज्ने दर्शकहरूले घेरेका थिए ।

सात बन्धकमा दुई इजरायली गादी मोजेस र अर्बेल येहुद तथा पाँच थाई नागरिक थिए ।

टेलिभिजनका दृश्यहरूमा मास्क लगाएका बन्दुकधारीहरूले हस्तान्तरणका लागि अगाडि ल्याउँदा गजावासीहरूको भीडले नागरिक महिला येहुदको तस्विर खिच्दै गरेको देखाइएको थियो ।

स्पष्ट रूपमा विचलित येहुदलाई पछि मोजेससँगै रेड क्रसको गाडीमा देखिएको थियो ।

प्रतिक्रिया