बिहीबार, चैत १९, २०८२

पतिविरूद्ध सम्बन्धविच्छेद मुद्दा दायर गर्दै गायिका एलिनाले भनिन्- कागजी सम्बन्धमा बस्न सकिएन

मेरोन्यूज २०८१ माघ १८ गते १६:२७

काठमाडौं । गायिका एलिना चौहानले सम्बन्धबिच्छेदको मुद्दा दायर गरेकी छिन् । शुक्रबार वारेसमार्फत जिल्ला अदालत काठमाडौंमा एलिनाले मुद्दा दायर गरेकी हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

आफूमाथि सापकोटाले शंकाउपशंका गरेको, काममा बाधा दिएको, चरित्रमाथि शंका गरेको एलिनाकाे आरोप छ ।

‘कार्यक्रममा सहभागी हुन जाँदा कहिलेकाहीँ केही अबेरसम्म पनि बस्नुपर्ने हुँदा विपक्षी पतिले अनेक शंका-उपशंका गर्ने, कार्यक्रमको बीचमा नै फोन गरेर तुरुन्त घर आइज भनी मेरो काममा समय दिन पनि बाधा पुर्‍याउने गर्दा मनमुटाव भइरहन्थ्यो,’ फिराद पत्रमा चौहानले लेखेकी छन्, ‘त्यस्तैमा ३ महिनाको बसाइपछि म नेपाल फर्किएँ। नेपाल फर्किएपछि पनि म कलाकारिताको क्षेत्रमा हुने विभिन्न कार्यक्रममा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंकाको दृष्टिले हेरी अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुईबीचको वैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडि बढ्न सकेन ।’

एलिनाले मानाचामल नलिने गरी मुद्दा दायर गरेकी छिन् । उनले विपक्षीलाई अदालतमा झिकाइ प्रमाण बुझेर सम्बन्धविच्छेद गराइदिन माग गरेकी छन् ।

गत ५ वैशाखमा एलिनाले अस्ट्रेलिया बस्ने विष्णु सापकोटासँग प्रेम विवाह गरेकी थिइन् । त्यसपछि सापकोटासँगै अस्ट्रेलिया गएकी उनी केही महिनामै नेपाल फर्किएकी थिइन् ।

त्यसयता उनीहरुकाे सम्बन्ध ठिक नभएको भन्दै टिका-टीप्पणी हुन थालेका थिए ।

प्रतिक्रिया