भारतको बजेट आज सार्बजनिक गरिदै, नेपालले कति सहयोग पाउला ?

नयाँदिल्ली । भारतमा आज आर्थिक बर्ष २०२५/२६ का लागि बजेट सार्बजनिक गरिदैछ ।
अर्थमन्त्री निर्मला शितारमणले आज भारतको बजेट सार्बजनिक गर्न लागेकी हुन् । बजेट बिहान ११ः०० बजे सार्बजनिक हुँदैछ ।
हिजो अर्थमन्त्री निर्मलाले आर्थिक सर्वेक्षण पेश गरेकी थिइन ।
यसअनुसार आर्थिक वर्ष २०२६ अर्थात १ अप्रिल २०२५ देखि ३१ मार्च २०२६ को अवधिमा कुल गार्हस्थ्य उत्पादन वृद्धि ६.३५ देखि ६.८५ हुने अनुमान गरिएको छ । जबकि खुद्रा मुद्रास्फीति अप्रिल–डिसेम्बर २०२४ मा ४.९ मा बढेको देखिएको छ ।
सो बजेट मन्तब्य पछि नेपालका लागि पनि सहयोग घोषणा हुनेछ । भारतले सार्क राष्ट्रका लागि पनि बजेट छुटयाउँदै आएको छ, जसअनुसार सबैभन्दा बढी सहयोग भारतले भुटानलाइ दिँदै आएको छ ।
भारतको पहिलो आर्थिक सर्वेक्षण १९५०/५१ मा केन्द्रीय बजेटको एक भागको रूपमा पेश गरिएको थियो। यद्यपि, १९६४ देखि, सर्वेक्षण केन्द्रीय बजेटबाट अलग गरिएको छ। त्यसयता बजेट प्रस्तुत हुनुभन्दा एक दिन अगाडि आर्थिक सर्वेक्षण सार्वजनिक हुन्छ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया