नवलपुरको अमलटारीबाट पोथी गैँडा स्थानान्तरण

नवलपुर (नवलपरासी) । एकसिङ्गे गैँडाको आन्तरिक स्थानान्तरणको काम सुरु गरेको चितवन राष्ट्रिय निकुञ्जले एउटा पोथी गैँडा स्थानान्तरण गरेको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मागरका अनुबार शनिबार अपराह्न निकुञ्जको पश्चिम क्षेत्र नवलपुर क्षेत्रबाट एउटा पोथी गैँडा पूर्वी क्षेत्रमा लगिएको हो । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनबाट करिब १५ वर्षीय वयस्क पोथी गैँडालाई डार्ट गरेर पूर्वी क्षेत्रमा लगिएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि यहाँका चारवटा गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको उनले बताए।
सन् २०२२ मा गैँडाको आन्तरिक स्थानान्तरण गर्न अध्ययन गरिएको भए पनि निकुञ्जले गत वर्ष छवटा गैँडा स्थानान्तरण गरेको थियो । अध्ययन टोलीले निकुञ्जलाई पश्चिम क्षेत्रका १० गैँडा स्थानान्तरण गर्न सुझाव दिएको आधारमा यसपटक थप चार गैँडा स्थानान्तरण गर्न लागिएको हो । गैँडा स्थानान्तरणका लागि प्राविधिक टोलीले नवलपुरमा पर्ने निकुञ्जको पश्चिम क्षेत्रको अमलटारीबाट गैँडा स्थानान्तरणको काम सुरु गरेको हो ।
निकुञ्जको हात्ती, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको नेपाली सेनालगायतको जनशक्ति प्रयोग गरेर गैँडा स्थानान्तरणको काम सुरु गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले जानकारी दिए। निकुञ्जले दुई भाले र दुईवटा पोथी गैँडा स्थानान्तरण गर्ने तयारी गरेकामा अब एउटा पोथी र दुई भाले गैँडा स्थानान्तरण गरिने उनले बताए। निकुञ्जको नवलपुर क्षेत्रबाट लगिएका गैँडालाई पूर्वी क्षेत्रको खगेन्द्रमल्ली र प्यारीढाप क्षेत्रमा छोडिने संरक्षण अधिकृत डा पन्तले बताए।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
प्रतिक्रिया