उदित नारायणले लाइभ शो मै युवतीलाई चुम्बन गरेपछि…

काठमाडौं। गायक उदित नारायणको एउटा भिडियो यतिबेला चर्चामा छ । भिडियो लाइभ कन्सर्टको हो, जहाँ गायकले आफ्नी महिला फ्यानलाई चुम्बन गरेका छन्। अहिले उनको सो भिडियोलाई लिएर सामाजिक सञ्जालमा चर्को ट्रोल भइरहेकाै छ ।
भिडिओलाई लिएर हङ्गामा भएपछि उदितले हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा यसबारे स्पष्टीकरण दिएका छन् ।
उनले यो क्षणलाई ‘प्रेमको अभिव्यक्ति’ भनेका छन् । उदितले भने, “फ्यानहरू धेरै पागल छन्, होइन र ? हामी सभ्य मानिस हौँ। कतिपयले यसलाई प्रोत्साहन गर्छन् र यसमार्फत आफ्नो प्रेम व्यक्त गर्छन् । यो कुरा उडाएर के गर्ने ? भीडमा धेरै मानिसहरू छन् र हामीसँग अंगरक्षकहरू पनि छन् । तर, फ्यानहरुले भने भेट्ने मौका पाएको महसुस गरेका छन् । त्यसैले कसैले हात फैलाउँछ, कसैले हात चुम्बन गर्छन् । यो सब पागलपन हो, यसमा त्यति ध्यान दिनु हुँदैन ।”
गायकले थप भने, “मेरो परिवारको छवि यस्तो छ कि सबैले विवाद चाहन्छन् । मेरो छोरा आदित्य सधैँ शान्त छ। विवादमा आउँदैन । जब म स्टेजमा गाउँछु यो पागलपन हो। फ्यानहरूले मलाई माया गर्छन्, मलाई पनि लाग्छ उनीहरू खुसी होउन्। खैर, हामी यस प्रकारका मानिसहरू होइनौं। हामीले पनि उनीहरुलाई खुशी बनाउनुपर्छ ।”
शोमा उदित फिल्म ‘मोहरा’ को हिट गीत ‘टिप–टिप बरसा पानी’ गाउँदै गरेको देखिन्छ । त्यसपछि केही महिला फ्यानहरू उनीसँग सेल्फी लिन स्टेज नजिक पुग्छन्। उदितले पनि मायापूर्वक उनीसँग सेल्फी लिन्छन् । त्यसपछि महिला फ्यानले सेल्फी लिँदै उनको गालामा चुम्बन गर्छिन्। त्यसपछि गायकले उनको ओठमा चुम्बन गर्छन्।










सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
एमाले चुनावबाट भाग्ने पार्टी होइनः महासचिव पोखरेल
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
एनपीएलको उद्घाटन खेलमा काठमाडौं गुर्खाजसँग जनकपुर पराजित
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
जेनजीहरूले बुझाए प्रधानमन्त्रीलाई प्रस्तावित सम्झौताको मस्यौदा, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्राध्याक्ष वा गणतन्त्रात्मक शासन व्यवस्थाबारे वृहत छलफल चलाउने
एनपिएलको तयारी पूरा
प्रतिक्रिया