आपराधिक गतिविधिमा संलग्न ११ जना पक्राउ

काठमाडौँ । आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा देशका विभिन्न भागबाट ११ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरु रौतहट, बर्दिया, चितवन र सर्लाहीबाट पक्राउ परेका हुन् ।
चन्द्रपुर नगरपालिका–४ चिडियादह टोलबाट सोही ठाउँका ३१ वर्षीय सागर श्रेष्ठ र बर्दिया बढैयाताल गाउँपालिका–२ फुटाहसाघुनघारीबाट लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित चार जना तथा चितवनको कालिका नगरपालिका–६ गुम्बा चोकबाट चार सय ५० ग्राम गाँजा बोकेका १८ वर्षीय किशोर र नियन्त्रित लागूऔषध लिएका सोही स्थानका २७ वर्षीय समीर परियारलाई पक्राउ गरिएको हो ।
यसैगरी, भरतपुर महानगरपालिका–४ लङ्कुलक्ष्मी पथबाट गाँजा करिब ५० ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल, प्रोमेथ, बोमिन र नगद रु ९५ हजार ७ सय ५ सहित ४ जनालाई पक्राउ गरिएको छ ।
नक्कली नोटसहित पक्राउ
यसैबीच, सर्लाहीको ईश्वरपुर नगरपालिका–१५ सुकनाहा बजारबाट भारतीय मुद्रा पाँच सय दरका एक थान र एक सय दरका २९ थान नक्कली नोटसहित भारत सीतामढी पुरान्दा राजवाडा–९ का २७ वर्षीय मुकेशकुमार सोनीलाई पक्राउ गरिएको छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
प्रतिक्रिया