वीरको सर्जिकल भवनमा कोभिड वार्ड सञ्चालनमा आउन कम्तीमा दुई साता लाग्ने

काठमाडौं । वीर अस्पतालको नयाँ सर्जिकल भवनमा कोभिड १९ उपचार युनिट सञ्चालनमा आउन अझै कम्तीमा दुई साता लाग्ने बताइएको छ ।
एक साता अघि संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले वीर अस्पतालको सर्जिकल ब्लकमा कोभिड युनिट सञ्चालन गर्न सैद्धान्तिक सहमति दिएको भन्दै तत्काल २०० बेड सञ्चालनमा आउने बताएका थिए । तर वीर अस्पताल प्रशासनले भने कोभिड वार्ड सञ्चालनमा ल्याउन अझै केही समय लाग्ने बताएको छ ।
अस्पतालकी निमित्त निर्देशक डा शान्ता सापकोटाले भनिन्, ‘यहि दिनबाट सेवा सुरु गर्दैछौँ भनेर भन्ने अवस्था छैन् । तर हामीले सकेसम्म छिटो सेवा सञ्चालनमा ल्याउने गरी काम गर्दैछौँ । छिटोमा पनि दुई साता त लाग्छ नै ।’
स्वास्थ्य मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा.गुणराज लोहनीले पनि नयाँ सर्जिकल भवनमा कोभिड युनिट सञ्चालनमा ल्याउन केही समय लाग्ने बताए ।













यी हुन कांग्रेसको संस्थापन समूह र विशेष महाधिवेशन समूहबीच वार्तामा नमिलेका विषय
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया