बिहीबारदेखि पर्सामा लकडाउन गर्ने निर्णय
मेरोन्यूज
२०७८ वैशाख १४ गते १५:०८
काठमाडौँ । पर्सामा बिहीबारदेखि लागू हुने गरी एकसाताका लागि लकडाउन हुने भएको छ । आज बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले वैशाख १६ गते बिहान ४ बजेदेखि २२ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
कोरोना संक्रमणको दर तीव्र गतिले बढेपछि रोकथाम गर्न भन्दै पर्साले लकडाउन जारी गर्ने निर्णय गरेको हो । सीमा नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको व्यवस्थापन गर्न ठाकुरराम बहुमुखी क्याम्पसमा होल्डिङ सेन्टर स्थापना गर्ने र त्यसको व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिने निर्णय बैठकले गरेको छ ।
यसैगरी कम्तीमा २ सय बेड क्षमतासम्मको कोभिड–१९ संक्रमितको उपचारका लागि अस्पताल स्थापना एवं सञ्चालन गर्न प्रदेश २ सरकारलाई अनुरोध गर्ने निर्णय समेत बैठकले गरेको छ ।
सम्बन्धित
















चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
दुईदेखि तीन हप्ताभित्र इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा
हवाई भाडा महँगिने : हवाई इन्धनमा झन्डै दोब्बर मूल्य वृद्धि
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया