अमिताभ बच्चनकी नातिनी आराध्या पुगिन् उच्च अदालत
मेरोन्यूज
२०८१ माघ २२ गते ११:४७

काठमाडौं । अमिताभ बच्चनकी नातिनी आराध्या बच्चन दिल्ली उच्च अदालत पुगेकी छन् ।
आफुविरुद्ध गलत समाचार फैलाइएको भन्दै आराध्याले अदालत पुगेर निवेदन दर्ता गराएकी हुन् ।
सन् २०२३ मा केही युट्युब च्यानलहरूले आराध्या धेरै बिरामी छिन् भन्दै उनको बारेमा गलत समाचार चलाएका थिए। उनको मृत्युको अफवाह समेत फैलाइएको थियो ।
आराध्याले यस्ता समाचारको प्रसारणमा प्रतिबन्ध लगाउन माग गर्दै सोही समयमा दिल्ली उच्च अदालतमा निवेदन दिएकी थिइन्् ।
त्यसपछि अदालतले गुगललाई सबै झुटा समाचार हटाउन आदेश दिएको थियो।
तर यस विषयमा अहिलेसम्म उचित कारबाही नभएको आरोप आराध्याले नयाँ निवेदनमा लगाएकी छिन्। केही साइटहरूमा अझै पनि गलत समाचारहरू उपलब्ध रहेको उनको भनाइ छ ।
अब यस मुद्दाको सुनुवाइ मार्च १७ मा हुनेछ।
सम्बन्धित
















इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले भने-इरान विरुद्धको युद्धमा अमेरिकाकाे ‘अभूतपूर्व विजय’
प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई
पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
आजदेखि संसद् अधिवेशन
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया