अमिताभ बच्चनकी नातिनी आराध्या पुगिन् उच्च अदालत
मेरोन्यूज
२०८१ माघ २२ गते ११:४७

काठमाडौं । अमिताभ बच्चनकी नातिनी आराध्या बच्चन दिल्ली उच्च अदालत पुगेकी छन् ।
आफुविरुद्ध गलत समाचार फैलाइएको भन्दै आराध्याले अदालत पुगेर निवेदन दर्ता गराएकी हुन् ।
सन् २०२३ मा केही युट्युब च्यानलहरूले आराध्या धेरै बिरामी छिन् भन्दै उनको बारेमा गलत समाचार चलाएका थिए। उनको मृत्युको अफवाह समेत फैलाइएको थियो ।
आराध्याले यस्ता समाचारको प्रसारणमा प्रतिबन्ध लगाउन माग गर्दै सोही समयमा दिल्ली उच्च अदालतमा निवेदन दिएकी थिइन्् ।
त्यसपछि अदालतले गुगललाई सबै झुटा समाचार हटाउन आदेश दिएको थियो।
तर यस विषयमा अहिलेसम्म उचित कारबाही नभएको आरोप आराध्याले नयाँ निवेदनमा लगाएकी छिन्। केही साइटहरूमा अझै पनि गलत समाचारहरू उपलब्ध रहेको उनको भनाइ छ ।
अब यस मुद्दाको सुनुवाइ मार्च १७ मा हुनेछ।
सम्बन्धित












Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
देशभर पश्चिमी वायुको प्रभाव कायमै, काठमाडौँमा बिहानीको तापक्रम ३ डिग्री सेल्सियस
आज नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यले शपथ लिँदै
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
यस्तो छ एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले गरेको सातबुँदे सम्बोधन (पूर्ण पाठ)
प्रतिक्रिया