भारतमा एउटै एम्बुलेन्सले २२ वटा कोरोना संक्रमितको शव बोकेको तस्वीर सार्वजनिक

काठमाडौँ । छिमेकी राष्ट्र भारतमा एक हृदयविदारक तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । महाराष्ट्र प्रदेशको बिड जिल्लामा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका २२ जनाको शव एउटै एम्बुलेन्समा राखेर घाटमा लगेको तस्वीरु सार्वजनिक भएको हो ।
एम्बुलेन्समा २२ जनाको शव एकमाथि अर्को गरी राखेर लगिएको समाचारमा जनाइएको छ । ती शवहरूलाई घाटमा लगेर एउटै चितामा ३ वटासम्म राखेर जलाइएको थियो ।
घटनाको तस्वीर सार्वजनिक भएसँगै जिल्ला प्रशासन कार्यालयले अनुसन्धान गर्न आदेश दिएको छ । जिल्लाको स्वामी रामानन्द तीर्थ अस्पतालमा आइतबार कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भएको थियो । जसमा २२ जनाको शवलाई एउटै एम्बुलेन्समा राखेर घाटमा लगिएको थियो । बाँकी ८ वटा शव भने अर्को एम्बुलेन्समा लगिएको समाचारमा जनाइएको छ ।
अस्पतालसँग शव उठाउनका लागि जम्मा दुईवटा मात्रै एम्बुलेन्स भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । अस्पतालले थप पाँचवटा एम्बुलेन्स माग गरे पनि आउन नसकेको बताइएको छ । ष्त १७ मार्चमा अस्पतालले एम्बुलेन्स दिनका लागि जिल्ला प्रशासनलाई पत्र लेखे पनि अहिलेसम्म पाउन सकेको छैन ।
भारतको कोरोना संक्रमणको संख्या बढेसँगै सबै अस्पताल भरिएको छ । यस्तै, विरामीले सबै कोभिड सेन्टरहरूसमेत भरिएको समाचारमा जनाइएको छ । एजेन्सी
















यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
दुईदेखि तीन हप्ताभित्र इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया