थाइल्याण्डसँग नेपाल ६ रनले पराजित, उपाधि दौडबाटै बाहिरियो
मेरोन्यूज
२०८१ माघ २२ गते १५:४२

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगितामा नेपाल थाइल्याण्डसँग पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएको हो ।
थाइल्याण्डले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १०१ रन मात्र बनायो ।
जारी प्रतियोगितामा नेपालको यो लगातार चौथो पराजय हो । थाइल्याण्डकाे हारसँगै नेपाल उपाधि होडबाट समेत बाहिरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया