नाडाको सहयोगमा पोखरामा वाडा अटो शो हुने

पाेखरा । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को सहयोगमा पोखरामा वाडा अटो शो आयोजना हुने भएको छ।
पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्सएसोसिएसन (वाडा) नाडाको संस्थागत सदस्य हो। वाडाका नवनिर्वाचित अध्यक्ष दिपेन्द्र कोइरालाले पोखरामा पहिलो पटक वाडा अटो शो आयोजना गर्न नाडाका तर्फबाट आवश्यक सहयोगको लागि नाडा अध्यक्ष करण चौधरीसँग औपचारिक रुपमा आग्रह गरेका थिए।
वाडा अटो शो आगामी चैत १३ देखि १७ सम्म पोखरामा हुनेछ। यसका लागि तत्कालै सम्भाव्यता अध्ययन गरी त्यसको सर्वे रिपोर्टको आधारमा अन्य कार्यहरुलाई अघि बढाउने निर्णय गरेको सन्दर्भमा नाडाले मूख्य सल्लाहकारको भूमिका निर्वाह गर्ने भएको छ।
नाडाले सन् १९९८ देखि नाडा अटो शो हरेक वर्ष राजधानीमा आयोजना गर्दे आएको सन्दर्भमा १६औं संस्करणको नाडा अटो शो २०२४ समेत गत भाद्र महिनामा भृकुटीमण्डपमा सम्पन्न गरेको थियो।
यसैक्रममा नाडाले अन्य प्रदेशहरुमा पनि अटो शो आयोजनाका लागि सम्भाव्यता अध्ययन गर्ने जनाएको छ।















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया