सोमबार, जेठ २६, २०८२

साहारा सहकारी ठगी मुद्दा : सरकारी वकिलको सकियो, प्रतिवादीतर्फको जारी

मेरोन्यूज २०८१ माघ २४ गते १३:३५

काठमाडौं । चितवनको साहारा सहकारीको रकम हिनामिना मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको थुनछेक बहस दोस्रो दिन पनि जारी छ ।

चितवन जिल्ला अदालतमा सरकारी वकिल र पीडित पक्षको बहस सकिएको छ ।

जिल्ला न्यायाधीवक्ताहरु बारा जिल्लाका शम्भुकुमार बस्नेत, पर्सा जिल्लाका न्यायाधीवक्ता भोलानाथ निरौला र धादिङका न्यायाधीवक्ता दशरथ पंगेनीले बहस गरेका छन् ।

त्यसैगरी जाहेरवाला सहकारी पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र राजकुमार श्रेष्ठ, अधिवक्ताहरू रामचन्द्र गौतम, सुनिता अधिकारीले बहस गरिसकेका छन् ।

अहिले लामिछानेतर्फका वकिलको बहस सुरु भएको छ । लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तको बहस सुरु भएको हो ।

Advertisement
machhapuchare

प्रतिक्रिया