आइतबार, चैत १, २०८२

सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : अध्यक्ष ढकाल

मेरोन्यूज २०८१ माघ २४ गते १३:५२

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

आजदेखि भृकुटीमण्डपमा सुरु भएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३०औं संस्करणको उ्द्घाटन कार्यक्रममा बोल्दै उनले सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिने बताए ।

आईटी क्षेत्र विश्वव्यापी बजार भएको, खर्बौं रुपैयाँ बराबरको सेवा निर्यात गर्न सक्ने र लाखौं मानिसलाई रोजगारी दिन सक्ने क्षेत्र भएको उल्लेख गर्दै अध्यक्ष ढकालले यस क्षेत्रको थप विकासका लागि आवश्यक नीतिगत र संरचनागत सुधारको लागि काम गर्न काम गर्न सरकारसँग आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घले अन्य विभिन्न कानुनका साथै आईटी तथा र्स्टाटअप र इनोभेसनका क्षेत्रमा पनि समयानुकूल नीतिगत सुधारका लागि सरकारसँग बहस र पैरवी गर्दै आइरहेको जानकारी दिँदै अध्यक्ष ढकालले महासङ्घको पहलपछि नेपाल सरकारले नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रको विकासमा लागि पछिल्ला कानुनहरुमा गरेको संशोधनले यो क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिने बताए ।

प्रतिक्रिया