चीनद्वारा अमेरिकाको ‘शीत युद्ध मानसिकता’को आलोचना

बेइजिङ । चीनले शुक्रबार ल्याटिन अमेरिकामा संयुक्त राज्य अमेरिकाको ‘शीतयुद्ध मानसिकता’ को निन्दा गर्दै यस क्षेत्रको भ्रमणका क्रममा विदेशमन्त्री मार्को रुबियोको टिप्पणीमाथि गुनासो गरेको बताएको छ ।
नोभेम्बरमा अमेरिकी चुनाव जितेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले एक शताब्दीअघि वासिङ्टनले निर्माण गरेको र पछि पनामालाई हस्तान्तरण गरिएको पनामा नहर कब्जा गर्न बल प्रयोग गर्ने सम्भावनालाई अस्वीकार गरेको छैन ।
क्यारेबियन सागर र प्रशान्त महासागरलाई जोड्ने यो साँघुरो जलमार्गबाट अमेरिकी कन्टेनर यातायातको करिब ४० प्रतिशत गुज्रन्छ ।
शुल्क भुक्तानी बाहेक वासिङ्टन मुख्यतया विश्व समुद्री व्यापारको पाँच प्रतिशत सम्हाल्ने ८० किलोमिटर (५० माइल) लामो नहरमा चिनियाँ लगानीबारे चिन्तित देखिएको छ ।
पनामा नहरलाई लिएर पछिल्लो विवाद रुबियोको मध्य अमेरिकाको एक हप्ता लामो भ्रमणको अन्त्यमा आएको हो । अमेरिकी शीर्ष कूटनीतिज्ञका रूपमा उनको पहिलो पनामा भ्रमण हो ।
उनले नहरमा चिनियाँ प्रभाव कम गर्न तत्काल परिवर्तन नगरेसम्म पनामाविरुद्ध कारबाही गर्ने धम्की दिएको थियो ।
बेइजिङले शुक्रबार रुबियोको टिप्पणीले ‘चीनलाई अन्यायपूर्ण रूपमा आरोप लगाएको’ र ‘जानाजानी चीन र सन्बन्धित ल्याटिन अमेरिकी देशहरूबीच विवाद सिर्जना गरेको’ बताएको छ । “चीनले अमेरिकी पक्षसमक्ष गम्भीर प्रतिनिधित्व दर्ता गराएको छ’, एक अज्ञात प्रवक्ताले भने ।
पनामाका राष्ट्रपति जोस राउल मुलिनोले बिहीबार पनामाले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) पूर्वाधार कार्यक्रमबाट बाहिरिएको पुष्टि गरेको छ ।
रुबियोले त्यो प्रतिबद्धतालाई द्विपक्षीय सम्बन्धका लागि ‘ठूलो कदम’ भनी स्वागत गरे ।
जवाफमा बेइजिङले ‘बेल्ट एन्ड रोड सहयोगलाई बदनाम गर्न र कमजोर पार्न अमेरिकाले दबाब र जबरजस्ती प्रयोग गर्ने कुराको दृढतापूर्वक विरोध गर्छ’ भनेको छ ।
“यसका उपलब्धिहरूले पनामा जस्ता देशहरूका जनतालाई फाइदा पुर्याएका छन्”, विदेश मन्त्रालयका प्रवक्ता लिनले एक ब्रिफिङमा भने ।
बिआरआई एक विशाल पूर्वाधार परियोजना हो । यो चिनियाँ राष्ट्रपति सी जिनपिङको आफ्नो देशको विदेशी प्रभाव विस्तार गर्ने प्रयासको केन्द्रीय स्तम्भ हो ।
पश्चिमी आलोचकहरूले चीनमाथि बिआरआई प्रयोग गरेर विकासशील राष्ट्रहरूलाई असम्भव ऋणमा फसाएर उनीहरूमाथि कूटनीतिक प्रभाव जमाउन वा उनीहरूको सम्पत्ति कब्जा गर्न खोजेको आरोप लगाउँछन् ।
बेइजिङले शुक्रबार ‘नहरमाथि पनामाको सार्वभौमिकताको समर्थन गर्छौं’ भनी जोड दिएको छ । “अमेरिकी पक्षको सम्बन्धित सहयोगमा आक्रमण र हस्तक्षेपले एकपटक फेरि यसको प्रभुत्वशाली प्रकृति उजागर गरेको छ”, विदेश मन्त्रालयले भन्यो ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया