शनिबार, फागुन ३०, २०८२

पर्यटनका माध्यमबाट आर्थिक विकास गर्न सबै एकजुट हुनुपर्छ : मन्त्री राणा

मेरोन्यूज २०८१ माघ २५ गते १९:४३

सुदूरपश्चिम । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा अराजु राणा देउवाले पर्यटन प्रवद्र्धनका माध्यमबाट मुलुकको आर्थिक विकासमा सबै एकजुट भएर लाग्नुपर्ने बताएकी छन् ।

Advertisement
nepal life insurencenepal life insurence

आज धनगढीमा आयोजित नेपाली कांग्रेस कैलालीको दोस्रो जिल्ला अधिवेशनमा उनले पार्टीको नीति एवं मार्गदर्शनबमोजिम सकारात्मक सोचसहित पार्टी सङ्गठनमा बलियो बनाउँदै समृद्ध मुलुक निर्माण गर्ने अभियानमा लाग्न सबैलाई आग्रह गरिन् ।

सामाजिक सञ्जालको दुरुपयोग गरी ‘यो देशमा केही पनि भएको छैन’ भन्ने जस्ता सन्देश दिने प्रवृत्ति बढिरहेकाले त्यस्ता नकारात्मक सन्देशलाई सबैले बहिष्कार गर्दै जानुपर्ने धारणा राखिन् ।

उनले सामाजिक सञ्जालको सही सदुपयोग गर्दै ज्ञान, सीप र विचार आदानप्रदान गर्न सबैलाई आग्रह गरे । परराष्ट्रमन्त्री डा राणाले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि आफूले निरन्तर प्रयास गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया