नेपाल निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशनको तयारी पुरा
प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं । नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशनको तयारी पुरा भएको छ । संगठनले शुक्रवार बिहान पत्रकार सम्मेलन गर्दै माघ ३० र फागुन १ गतेका लागि तय भएको महाधिवेशनको तयारी पुरा भएको जनाएको हो ।
१२औ महाधिवेशनलाई भव्य, सभ्य, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्न निमन्त्रणा तथा अतिथि सत्कार, प्रतिवेदन तथा विविध प्रस्ताव तयारी, आवास व्यवस्थापन, प्रचार प्रसार, खाना खाजा व्यवस्थापन, सांस्कृतिक कार्यक्रम तयारी, सामग्री व्यवस्थापन, आर्थिक व्यवस्थापन, स्वयंसेवक परिचालन र स्वास्थ्य उपचार व्यवस्थापन लगायतका १० वटा उपसमिति गठन गरी आन्तरिक काम तीव्र गतिमा भइरहेको संगठनका अध्यक्ष लेखनाथ कोइरालाले जानकारी दिए । उनका अनुसार महाधिवेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् ।
महाधिवेशनमा पेसागत महासंघ नेपाल लगायत पेसागत महासंघ नेपालसँग आबद्ध सार्वजनिक प्रशासनका क्षेत्रमा क्रियाशील २६ वटा घटक संस्था, निजामती क्षेत्रमा क्रियाशील राष्ट्रियस्तरका ट्रेड युनियन र भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स, कम्बोडिया लगायत १० भन्दा बढी देशका सार्वजनिक प्रशासनको क्षेत्रमा क्रियाशील विदेशी भाइचारा संस्थाका प्रतिनिधिलाई आमन्त्रण गरिएकोमा संगठनले जनाएको छ ।
संगठनको १२औँ महाधिवेशनमा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्य, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्य, जिल्ला र विभागीय तथा प्रदेश कार्य समितिका अध्यक्ष र जिल्ला तथा विभागीय अधिवेशनबाट निर्वाचित महाधिवेशन प्रतिनिधि सहित करिब ८०० जना उपस्थित रहने अध्यक्ष कोइरालाले जानकारी दिए ।
महाधिवेशनमा संघीय निजामती सेवा ऐन र ऐनले प्रभाव पार्ने सबै प्रदेश निजामती सेवा ऐन तथा स्थानीय सेवा ऐनका बारेमा व्यापक छलफल तथा अन्तरक्रिया गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने गरी संघीय निजामती सेवा ऐन शीघ्र जारी गर्न र आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्न सरकारसँग माग प्रस्तुत गरिने जनाइएको छ । महाधिवेशनले आगामी ३ वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन सम्पन्न गर्ने गरी सिङ्गो संगठन परिचालन भएको छ ।

















बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया