चीनले सन् २०२५ ‘ग्लोबल डेभलपर सम्मेलन’ आयोजना गर्ने

चीनमा सन् २०२५ को ‘ग्लोबल डेभलपर सम्मेलन’ फेब्रुअरी २१ देखि २३ सम्म आयोजना हुने भएको छ । सम्मेलनमा विश्वभरका १०० विकासकर्ता समुदायलाई एकै ठाउँमा ल्याउने अपेक्षा गरिएको साङ्घाई एआई उद्योग सङ्घ (एसएआईए) ले जनाएको छ । उक्त सम्मेलन एआई मोडल, कम्प्युटिङ पावर र सफ्टवेयर प्लेटफर्महरू सहित अत्याधुनिक प्रविधिहरूमा केन्द्रित हुनेछ ।
सम्मेलनमा सहभागी विकासकर्ता समुदायले हार्डवेयर विकास, क्लाउड कम्प्युटिङ, बिग डाटा, इन्टरनेट अफ थिङ्ग्स, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबोटिक्स, ब्लकचेन र मेटाभर्स जस्ता विविध क्षेत्रहरूको प्रतिनिधित्व गर्नेछन् । हगिङ फेस, माइक्रोसफ्ट डेभलपर कम्युनिटी, अलिबाबाको मोडलस्कोप कम्युनिटी र हुवावेई कम्युनिटी जस्ता विश्वका अग्रणी समुदायहरूले कार्यक्रमभर विभिन्न आकर्षक गतिविधिहरू आयोजना गर्नेछन् । एसएआईएका अनुसार डिपसीक टोलीले पनि सम्मेलनमा भाग लिनेछ ।
सम्मेलनले विकासकर्ताहरूलाई उद्योग विशेषज्ञसँग जोडिने र विचारहरू आदानप्रदान गर्ने मौका दिनेछ । एसएआईए महासचिव झोङ जुनहाउका अनुसार द्रुत प्राविधिक विकासको गतिलाई कायम राख्न सम्मेलन यस वर्षबाट सुरु हुने वार्षिकबाट द्विवार्षिक कार्यक्रममा परिवर्तन हुनेछ । अर्को सत्र शरद ऋतुको लागि तय गरिएको छ ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया