बागमती प्रदेश सभाले समितिमा पठायो चार विधेयक

हेटौंडा । बागमती प्रदेश सभाले संशोधनसहितका विभिन्न चारवटा विधेयक दफावार छलफलका लागि समितिमा पठाएको छ । प्रदेश सभाको आज बसेको बैठकले संशोधनसहितका ती विधेयक दफावार छलफलका लागि समितिमा पठाउन स्वीकृति प्रदान गरेको हो ।
प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रोदशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दफावार छलफलका लागि पठाइएका हुन् ।
यीमध्ये प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सन्देशसहित सभामा पुनः फिर्ता पठाएको विधेयक हो । सभाले पारित गरेर प्रमाणिकरणका लागि प्रदेश प्रमुखसमक्ष पेश गरेको यो विधेयकमाथि विभिन्न सरोकारवालाहरूले आलोचना गरेका थिए ।
प्रदेश सभाको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री किरण थापा मगरको तर्फको श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले पेस गरेको ‘मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ लाई शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइएको छ ।
यस्तै, उद्योग, वाणिज्य भूमी तथा प्रशासनमन्त्री शुकमाया तामाङले पेश गरेको ‘प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘प्रोदशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’लाई पर्यटन तथा वातारण समितिमा पठाइएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले पेस गरेको ‘प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइएको छ ।
यी विधेयक सोही बैठकले सर्वसम्मत्तिले स्वीकृति प्रदान गरेको थियो । ‘प्रदेश खेलकुद विकास ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ भने बैठकमा पेस हुने कार्यसूचीबाट हटाइएको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया