प्यालेस्टिनीहरूको विस्थापनले मध्यपूर्वलाई खतरामा पार्छ : इरान

तेहरान । इरानका शीर्ष कूटनीतिज्ञले युद्धग्रस्त गाजा पट्टीबाट प्यालेस्टिनीहरूलाई सार्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावले मध्यपूर्वको स्थिरता र सुरक्षामा खतरा उत्पन्न गर्ने बताएका छन् ।
“गाजाबाट प्यालेस्टिनीहरूलाई जबरजस्ती विस्थापित गर्नु औपनिवेशिक तरिकाले प्यालेस्टिनलाई समाप्त पार्ने योजनाको एक हिस्सा हो”, विदेशमन्त्री अब्बास अराघचीले शनिबार राति आफ्ना इजिप्टका समकक्षी बद्र अब्देलाट्टीसँग टेलिफोन वार्तामा भनेको इरानी विज्ञप्तिमा उल्लेख छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको ह्वाइट हाउस बैठकमा मङ्गलबार पहिलो पटक सार्वजनिक गरिएको गाजामाथि अमेरिकाले नियन्त्रण लिने र त्यहाँका बासिन्दाहरूलाई स्थानान्तरण गर्ने ट्रम्पको प्रस्तावको व्यापक निन्दा भएको छ ।
अराघचीले यो योजनाले यस क्षेत्रको ‘स्थिरता र सुरक्षाका लागि गम्भीर खतरा उत्पन्न गर्ने’ बताए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले गाजावासीहरूलाई इजिप्ट वा जोर्डनमा पुनर्वास गर्नसक्ने सुझाव दिएका छन् । दुवै सरकारले यस्तो कदमको कडा विरोध गरेका छन् ।
अराघचीका अनुसार ‘यस परियोजनाविरुद्ध इस्लामिक देशहरूले दृढ र एकीकृत अडान लिन आवश्यक छ ।’
इरानी विदेश मन्त्रालयका अनुसार अराघचीले शनिबार गाजाको स्थितिबारे ट्युनिसिया र टर्कीका आफ्ना समकक्षीहरूसँग पनि वार्ता गरेका थिए ।
शनिबार तेहरानमा हमासका अधिकारी र इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीबीच भएको बैठकपछि मन्त्रीको छलफल भएको हो ।
यो जनवरी १९ मा इजरायल–हमास युद्धमा १५ महिनाभन्दा बढीको युद्ध रोक्दै नाजुक युद्धविराम लागू भएपछिको पहिलो यस्तो बैठक थियो ।
हमासको कट्टर समर्थक इरानले सन् १९७९ को इस्लामिक क्रान्तिपछि प्यालेस्टिनी मुद्दालाई आफ्नो विदेश नीतिको आधारका रूपमा लामो समयदेखि समर्थन गर्दै आएको छ । तेहरानले इजरायललाई मान्यता दिँदैन ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया