आहा रारा गोल्डकप : आज एनआरटी र त्रिभुवन आर्मी भिड्ने
मेरोन्यूज
२०८१ माघ २८ गते ८:११

पोखरा । २४औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज साविक विजेता त्रिभुवन आर्मी क्लब रचर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो साढे २ बजे पोखरा रङ्गशालामा सुरु हुनेछ ।
त्रिभुवन आर्मीले सोझै क्वार्टरफाइनल खेल्न लागेको हो भने चर्च ब्वाइजले न्युरोड टिम (एनआरटी)लाई हराएर क्वार्टरफाइनलको यात्रा तय गरेको थियो ।यो खेलको विजेताले सेमिफाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस ब्रिगेड ब्वाइज क्लब युकेलाई पराजित गरेर सेमिफाइनलमा पुगेको हो ।
हिजो भएको खेलमा मछिन्द्र क्लबलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै साविक उपविजेता थ्रीस्टार सेमिफाइनलमा पुगेको छ ।
९ स्वदेशी र ३ विदेशी गरी १२ टोली सहभागी प्रतियोगिताको विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
सम्बन्धित













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया