स्पेनिस ला लिगामा रियल र एटलेटिकोको बराबरी, बार्सिलोनाले घटायो अंक दुरी

काठमाडौं ।जारी सिजनको स्पेनिस ला लिगामा आइतबार राति रियल म्याड्रिड र एटलेटिको म्याड्रिडले बराबरी खेलेका छन्।
साबिक बिजेता रियल र एटलेटिकोले १-१ गोलको बराबरी खेल्दा बार्सिलोनाले भने फराकिलो जित हासिल गरेको छ।
बार्सिलोनाले जित हासिल गर्दा रियल र एटलेटिकोसँगको अंक तालिकाको दुरी घटाएको छ।
रियलका किलियन एम्बाप्पे र एटलेटिकोका जुलियन अल्भारेजले गोल गरेका थिए। एटलेटिकोले पेनाल्टीमार्फत् अग्रता लिएको थियो।
तर, खेलको ५० मिनेटमा रियलका एम्बाप्पेले गोल फर्काएका थिए। त्यसपछिको समयमा दुबै टोलीले गोल गर्ने प्रयास गरे पनि खेल बराबरीमा टुंगियो।
बार्सिलोनाले सेभिल्लालाई ४-१ गोलले पराजित गरेका थियो। बार्सिलोनाका लेवान्डोस्की, लोपेज, राफिन्हा र गार्सियाले गोल गरेका थिए। सेभिल्लाका भर्गासले एक गोल गरेका थिए।
जितसँग बार्सिलोनाले २३ खेलमा ४८ अंकसहित लिगाको तेस्रो स्थानमा छ। समान खेलमा ५० अंकसहित रियल पहिलो र ४९ अंकसाथ एटलेटिको दोस्रो स्थानमा छ।
















पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?
नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
प्रतिक्रिया