आहा रारा गोल्डकप : आज थन्डरबोल्ट र ब्ल्याक बुल्सबीच प्रतिस्पर्धा
मेरोन्यूज
२०८१ माघ २९ गते ९:०५

काठमाडौं– २४औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलमा आज चौथो तथा अन्तिम क्वार्टरफाइनलको खेल हुँदैछ।
कास्कीको पोखरा रङ्गशालामा दिउँसो साढे २ बजे सुरु हुने अन्तिम क्वार्टरफाइनल खेलमा आज थन्डरबोल्ट नर्थ युनाइटेड सिक्किम र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।थन्डरबोल्ट सङ्कटालाई हराएर तथा ब्ल्याक बुल्स एफसी बाई पाएर सिधै खेल्न सेमिफाइनल खेल्न लागेका हुन् ।
यसअघि त्रिभुवन आर्मीलाई हराउँदै चर्च ब्वाइज युनाइटेड, मछिन्द्रलाई हराउँदै थ्रीस्टार तथा ब्रिगेड ब्वाइज क्लब युकेलाई पराजित गदै नेपाल पुलिसले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।
३ विदेशी तथा ९ स्वदेशी गरी १२ टोली सहभागी प्रतियोगिताको विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । फाइनल खेल फागुन ३ गते हुनेछ ।
सम्बन्धित
















पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?
नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
प्रतिक्रिया