कांग्रेसका नेतामा कोरोना पुष्टि, केन्द्रीय समिति बैठक बस्दै
मेरोन्यूज
२०७८ वैशाख १५ गते ११:३६
काठमाडौँ । नेपाली कांग्रेसका केही नेताहरुलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार गरिएको पिसिआर परीक्षणमा केही केन्द्रीय सदस्य, एक सचिवालय सदस्य र तीन जना सुरक्षा खटिएका कर्माचारीलाई कोरोना पुष्टि भएको हो ।
यद्यपि कोरोना संक्रमणबारे पार्टीले कुनै आधिकारिक जानकारी दिएको छैन । तर, आज पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ । यसअघि सोमबारका लागि तोकिएको बैठक पिसिआर परीक्षणपछि मात्र बस्ने भन्दै स्थगित गरिएको थियो ।
कांग्रैसका नेताहरूमा कोरोना परीक्षण गर्दा २० जनाभन्दा बढीको रिपोर्ट शंकास्पद देखिएको थियो । उनीहरुमध्ये केही नेताको पुन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भए पनि सार्वजनिक गरिएको छैन । कोरोना रिपोर्ट मोबाइलमा जाने भएकाले व्यक्ति किटान भने गर्न नसकिने एक नेताले जानकारी दिए ।
सम्बन्धित

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
प्रतिक्रिया