विपन्न समुदायका लागि सुरक्षित आवास निर्माण

घोडाघोडी (कैलाली) । घोडाघोडी नगरपालिकामा विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरेर सीमान्तकृत समुदायलाई हस्तान्तरण गरिएका छन् । घोडाघोडीको वडा नं ४ सिम्थरीमा छ र वडा नं ९ गोदनीमा छवटा आवास निर्माण गरिएका हुन् ।
नगरप्रमुख खडकबहादुर रावतले नव निर्मित घर ती समुदायलाई सोमबार हस्तान्तरण गर्दै पालिकाभित्रका सबै वडामा सीमान्तकृत वर्गलाई सुरक्षित आवास बनाउने योजना रहेको जानकारी दिए । ह्याबिट्याट फर ह्युमिनिटी, राष्ट्रिय दलित नेटवर्क र घोडाघोडी नगरपालिकाको लागत साझेदारीमा उक्त घर निर्माण गरिएका हुन् ।
सुरक्षित आवासमा दुईवटा पक्की कोठा र एक शौचालय रहेको छ । घोडाघोडी नगरपालिकाको ४२ लाख, ह्याबिट्याट फर ह्युमिनिटी, राष्ट्रिय दलित नेटवर्क नेपालको २४ लाख र जनश्रमदान नौ लाख पाँच हजार पाँच सय दुई लागत साझेदारीमा सुरक्षित आवास निर्माण गरिएको हो ।
वडाहरूको सिफारिसमा आवासविहीन सीमान्तकृत वर्गलाई लागत साझेदारीमा घोडाघोडीले सुरक्षित आवास निर्माण गरिदिएको हो । यसअघि पालिकाले वडा नं ३ सृष्टिनगर मुक्त कमैया बस्तीका नागरिकलाई १२ सुरक्षित आवास हस्तान्तरण गरिसकेको छ ।















निर्देशक तुलसी घिमिरेले तयार पारेकाे ‘पहाड’ मा नेपाली समाजको कथा
More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta
कालीमाटीमा मटरकोसा भाउ किलोको ५०,गोलभेँडाकाे ४५, अरु तरकारीको कति?
बाजुराको उच्च भेगमा वर्षातसंगै हिमपात हुँदा किसान खुसी
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
प्रतिक्रिया