महिलालाई सीप सिकाउँदै स्थानीय तह

अमरगढी (डडेल्धुरा)। जिल्लाका स्थानीय तहहरुले महिलालाई सीप सिकाउन थालेका छन् । यहाँको अमरगढी नगरपालिका–५ अमरगढीका महिलाहरुलाई ‘ब्यूटिसियन’ तालिम सञ्चालन गरेको छ ।
सो वडाका वडाध्यक्ष टंक क्षेत्रीका अनुसार वडा कार्यालयको समन्वयमा २० जना महिलालाई ब्यूटिसियन तालिम सञ्चालन गरिएको हो । तीन महिने सो तालिमले उनीहरुलाई व्यवसाय गर्न सहज हुने विश्वास गरिएको वडाध्यक्ष क्षेत्रीले बताए ।
त्यसैगरी जिल्लाका सातवटै स्थानीय तहले महिला लक्षित सिलाइ कटाइ, दुना टपरी बनाउने, होजियारी, गुडिया तथा फूल माला उत्पादन गर्ने, अचार बनाउने, धुप बनाउनेजस्ता तालिम सञ्चालन गर्दै आएका छन् । स्थानीय तहसँग घरेलु तथा साना उद्योग कार्यालय र सीप विकास केन्द्रलगायतले समन्वय गर्ने गरेका छन् ।
घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी नरेन्द्र पन्तकाअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ५४ जना महिलालाई सीप विकाससम्बन्धी विभिन्न तालिम प्रदान गरिएको छ । सीप विकास तथा उद्यमशीलतासम्बन्धी तालिम निःशुल्क प्रदान गरिएकाले सीप सिक्नमा महिलाको आकर्षण देखिएको कार्यालय प्रमुख केसवराज भण्डारीले बताए















बाजुराको उच्च भेगमा वर्षातसंगै हिमपात हुँदा किसान खुसी
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग
प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
प्रतिक्रिया