डिभोर्सपछि एलिनाले विष्णुलाई भनिन्- पत्नीका रूपमा पाउने सम्पत्ति तिम्रै लागि छोडेँ
मेरोन्यूज
२०८१ माघ २९ गते १७:२५

काठमाडौं। गायिका एलिना चौहानले आफ्ना पूर्वपति विष्णु सापकोटालाई सम्बोधन गर्दै सामाजिक सञ्जाल फेसबूकमा भावुक स्ट्याटस लेखेकी छन् ।
मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आजदेखि आ(आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको बताएकी हुन्। ‘प्रिय विष्णु, आजदेखि स्वतन्त्र भएर कानुनी रूपमै आ(आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ,’ उनले फेसबुकमा लेखेकी छन्, ‘हाम्रो सम्बन्धमा अल्पायुमै पूर्णविराम लागेको छ। यो रहरले होइन। जुन बाध्यता तिमी, मलाई र भगवानलाई मात्र थाहा छ।’
अदालतबाट बाहिरिएलगत्तै उनले पूर्वपति विष्णु सापकोटालाई सम्बोधन गर्दै प्रगतिको शुभकामना समेत दिएकी छन्।
२०८१ गत वैशाख ५ गते बिहे गरेकी एलिनाले काठमाडौं जिल्ला अदालतमा हालेको सम्बन्ध विच्छेदको मुद्दाको मागअनुसार आदेश भएपछि यी दुईजना कानुनी रुपमा छुट्टिएका छन् ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया