सेयर बजारमा झिनो सुधार
मेरोन्यूज
२०८१ माघ ३० गते १५:३४

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ ।
आज नेप्से परिसूचक १ दशलमव ८६ अंकले बढेर २,६८५ को विन्दुमा कायम भएको हो ।
बुधबार १३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ९९ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३०७ कम्पनीको १ करोड ५५ लाख २० हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७१ करोडको शेयर कारोबार भएको छ ।
यसदिन सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३९ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडीसीको ३७ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिभर फल्स पावरको ३१ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
बुधबार सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था र सुपर मादी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् ।
सम्बन्धित










एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता
मुस्ताङकाे सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया