भान्सको एआई चेतावनीपछि चीनद्वारा प्रविधिको ‘राजनीतिकरण’ को विरोध

बेइजिङ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ‘अधिनायकवादी शासनहरू’ ले नागरिकहरूमाथि बढ्दो नियन्त्रणका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गर्न खोजिरहेको चेतावनी दिएपछि चीनले बुधबार प्रविधि र व्यापारसँग सम्बन्धित मुद्दाहरूको ‘राजनीतिकरण’ को विरोध गरेको बताएको छ ।
विश्व नेताहरू यस हप्ता पेरिसमा एआई शिखर सम्मेलनका लागि भेला भएका थिए । सम्मेलनमा दर्जनौँ राष्ट्रले प्रविधिलाई ‘खुला’ र ‘नैतिक’ बनाउन कडा नियमन गर्न आह्वान गर्दै एक वक्तव्यमा हस्ताक्षर गरेका थिए ।
तर बेलायतसँगै बढ्दो महत्त्वपूर्ण क्षेत्रमा प्रभुत्व जमाएको संयुक्त राज्य अमेरिकाले त्यो घोषणापत्रमा हस्ताक्षर गरेन ।
चीनलाई लक्षित गर्दै भान्सले एआईमा ‘अधिनायकवादी शासनहरू’ सँगको सहकार्य विरुद्ध सचेत गराउँदै भने, “उनीहरूसँग साझेदारी गर्नु भनेको तपाईंको राष्ट्रलाई एउटा अधिनायकवादी मालिकसँग बाँध्नु हो जसले तपाईंको सूचना पूर्वाधारमा घुसपैठ गर्न, जम्न र कब्जा गर्न खोज्छ ।”
बेइजिङमा बुधबार नियमित पत्रकार सम्मेलनमा टिप्पणीहरूबारे सोधिएको प्रश्नमा चीनको विदेश मन्त्रालयले ‘एआईको सुरक्षालाई महत्त्व दिएको’ बताएको छ ।
“हामी विचारधारामा आधारित रेखा कोर्ने, राष्ट्रिय सुरक्षाको अवधारणालाई सामान्य बनाउने र आर्थिक, व्यापार र प्राविधिक मुद्दाहरूको राजनीतिकरण गर्ने अभ्यासको विरोध गर्दछौँ”, मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भने, “चीन खुला स्रोत एआई प्रविधिको वकालत गर्दछ र एआई सेवाहरूको पहुँचलाई बढावा दिन्छ ।”
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया