चन्द्रमामा जान विश्वका दुई धनाड्या बेजोस र मस्कको लडाइँ

काठमाडौँ । विश्वका सबैभन्दा धनी दुई धनाड्या जेफ बेजोस र एलम मस्क चन्द्रमामा जाने लडाइँमा उत्रिएका छन् । उनीहरु को पहिला चन्द्रमामा जाने भन्ने विषयसँग झण्डै ३५ हजार करोड रुपैयाँको सम्झौता जोडिएको छ ।
अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले यति ठूलो रकमको सम्झौता मस्कको अन्तरिक्ष कम्पनी ‘स्पेस एक्स’लाई दिने भएको छ । यससँगै स्पेस एक्सले एक ल्याण्डर बनाइसकेको छ । यसै ल्याण्डरमार्फत सन् २०२४ सम्म अमेरिकी अन्तरिक्ष यात्री चन्द्रमामा पुग्ने छन् । तर, नासाको यस प्रोजेक्टका लागि स्पेस एक्ससँगै बेजोसको अन्तरिक्षसम्बन्धि कम्पनी ‘ब्लू ओरिजन’ले समेत पनि दाबी गरेको छ ।
सोमबार बेजोसको कम्पनीले नासाको यस फैसलाको विरोध गर्दै ५० पाना लामो विरोप पत्र पेश गरेको छ । ब्लू ओरिजनका प्रमुख बब स्मिथले भने, ‘नासाले स्पेस एक्ससँग एकलौटी सम्झौता गर्नु गलत हो, किनभने नासाले हाम्रो प्रस्तावलाई वेवस्था गरेको छ ।’
बेजोसको कम्पनीले गरेको विरोध पत्रलाई मस्क आफ्नो सामाजिक सञ्जालमार्फत गलत भएको बताउँदै आएका छन् । उनले भनेका छन्, ‘विरोध पत्र चन्द्रमाको कक्षमा पुग्दैन, यो तिमीहरूको बसको कुरा होइन ।’
नासाले पहिलोपटक एक महिला र एक अश्वेत पुरुषलाई चान्द्रमामा पठाउनका लागि यान बनाउन स्पेस एक्ससँग सम्झौता गरेको छ । नासाका प्रशासक जिन ब्रिडेनस्टाइनले भने, ‘सन् २०२४ मा चन्द्रमा जानका लागि तयारी अवस्थामा रहेको छ ।’
नासाको योजनाअनुसार दुई यात्रीले एक हफ्ता चन्द्रमाको सतहबारे अनुसन्धान गर्ने छन् । त्यसपछि उनीहरू पृथ्वीमा सकुशल फर्किने छन् । यस क्रममा यानले ४ लाख ५० किलोमिटरको यात्रा गर्ने छ । एजेन्सी

















बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
एकै पटक १० हजारसम्म एसएमएस पठाउन सकिने टेलिकमको सेवा
बढ्दो तनावकाबीच अमेरिकाले बन्द गर्यो खाडी मुलुकका दूतावास
दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा
कालीकोटका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुग्यो
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः ५३ बालिकाको मृत्यु
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
प्रतिक्रिया